गरिमा विकास बैंक लिमिटेडले १८औं वार्षिकोत्सवको अवसरमा मंसिर ८ गते “गरिमा रोड रेस” आयोजना गर्ने भएको छ ।
बैंकले खुल्लातर्फ १० किलोमिटर र कर्पोरेट तर्फ ५ किलोमिटर दुरीको “रोड रेस कम्पिटिसन” आयोजना गर्न गईरहेको छ । दुवै विधा अन्तर्गत महिला र पुरुषतर्फ गरी कुल चारवटा प्रतिस्पर्धा हुनेछन् ।
खुल्लातर्फको १० किलोमिटरमा रेसमा इच्छुक व्यक्तिले प्रतिस्पर्धामा सहभागिता जनाउन सक्नेछन् भने कर्पोरेट तर्फको ५ किलोमिटर रेसमा संघसंस्थाका कर्मचारी तथा पदाधिकारीहरुले मात्र सहभागिता जनाउन सक्नेछन् ।
सहभागिता जनाउन इच्छुकले मंसीर ५ गतेसम्ममा विकास बैंकको आधिकारिक वेभसाइट तथा आधिकारिक फेसबुक पेजमा वा विकास बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट काठमाण्डौंमा सम्पर्क गरी नाम दर्ता गराउन सक्ने बैंकले जनाएको छ ।
नेपालपत्र संवाददाता