आइतबार, आश्विन १८ गते २०८३

पूर्ब सभामुख दमननाथ ढुंगानको निधन आज अन्तेष्टी गरिने

मंसिर ३, २०८१ सोमबार
पूर्ब सभामुख दमननाथ ढुंगानको निधन आज अन्तेष्टी गरिने

काठमाडौँ । पूर्वसभामुख दमननाथ ढुङ्गानाको हिजो अपरान्ह निधन भएको छ । बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा ८३ वर्षको उमेरमा उनको आज दिउँसो १ः३० बजे निधन भएको ढुङ्गानाका स्वकीय डा रुद्र शर्माले जानकारी दिएका हुन् ।

वरिष्ठ अधिवक्ता समेत रहेका ढङ्गाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत थिए । विसं २०४८ सालमा काठमाडौँ क्षेत्र नं २ बाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभामा निर्वाचित उनी २०४८ देखि २०५१ सम्म सभामुख भएका थिए ।

नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वापूर्व योगदान दिएका उनी राजनीतिक आन्दोलनका क्रममा पटक–पटक जेल पनि परेका थिए। उनका श्रीमति, दुई छोरा र एक छोरी छन्। ढुङ्गानाको आज अपरान्ह अन्त्येष्टि गरिने स्वकीय शर्माले जानकारी दिए ।