आइतबार, आश्विन १८ गते २०८३

निष्पक्ष एवं भयरहित उपनिर्वाचन गराउने विषयमा अन्तरक्रिया


कार्तिक २८, २०८१ बुधबार
निष्पक्ष एवं भयरहित उपनिर्वाचन गराउने विषयमा अन्तरक्रिया
 
 
आउँदो मंसीर १६ गते हुन गइरहेको स्थानीय तह उपनिर्वाचन, २०८१ लाई  स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न आयोगबाट मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा प्रदेश एवम् जिल्ला निर्वाचन अधिकारीहरुसँग अभिमुखीकरण सहितको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। 
 
आयोगको कार्यालय, कान्तिपथ काठमाडौमा भौतिक उपस्थिति र अनलाईन दुवै माध्यमबाट सञ्चालित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले उपनिर्वाचनका सन्दर्भमा हालसम्म सम्पन्न गरेका तथा आगामी दिन‌मा गर्नुपर्ने कार्यहरुबारे संक्षिप्तमा प्रकाश पारेका थिए । उनले आआफ्नो काम, कर्तव्य र अधिकार प्रति सवै सचेत र प्रतिवद्ध रहनुपर्ने उल्लेख गरे ।
 
त्यसैगरी आयुक्त सगुन शमसेर जबराले निर्वाचन आयोगको संवैधानिक दायित्व समेतलाई मध्यनजर गरी उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन अन्तरक्रियाले सबैलाई मद्दत पुगेको र सोही अनुसार व्यवस्थापन र कार्यान्वयन पक्षमा ध्यान दिनुपर्ने जनाए । 
 
अन्तरक्रिया कार्यक्रममा उपनिर्वाचन सम्बन्धी संवैधानिक एवम् कानूनी व्यवस्था, जनशक्ति, सामग्री, आर्थिक, सुरक्षा र सूचना प्रविधिको व्यवस्थापन, मतदान, मतगणना, आयोगको अपेक्षा र धारणा लगायतका विषयमा आयोगका प्रमुख निर्वाचन आयुक्त, निर्वाचन आयुक्त, सचिव र सहसचिवहरूबाट सहजीकरण तथा अन्तरक्रिया गरिएको प्वक्ता नारायण् प्रसाद सापकोटा जनाएका छन् ।