नेपाल हस्तकला महासंघको आयोजनामा २१औं हस्तकला ब्यापार मेला तथा १९औं हस्तकला प्रतियोगिता हुने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको संयुक्त तत्वावधानमा यही मंसिर २० देखि २४ गतेसम्म होटेल हायात ग्राउन्ड, बौद्ध, काठमाडौंमा २१औ हस्तकला व्यापार मेला तथा १९औं हस्तकला प्रतियोगिता आयोजना हुने भएको हो ।
मेलाको उद्घाटन सम्माननीय राष्ट्रपतिज्यूबाट सुसम्पन्न गराउने कार्यक्रम रहेको छ । मेला संचालनमा नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रको साथै उद्योग वाणिज्य क्षेत्रको छाता संगठनहरु, बैंक तथा वित्तिय संस्था, वायुसेवा कम्पनीहरु, वीमा कम्पनीहरु, ठूला औद्योगिक व्यापारिक तथा प्रतिष्ठानहरु र अन्य व्यापारिक क्षेत्रका संघ संस्था र कम्पनीहरुको पनि सहयोग रहने कहासंघले जनाएको छ । मेलामा हस्तकलाका वस्तुहरुको करिब १५० वटा स्टलहरु रहने छन् । मेलामा विदेशी प्रदर्शनीकर्ताको रुपमा मित्र राष्ट्र भारत, चीन, पाकिस्तान, बंगलादेशदेशका व्यापारीहरुको सहभागिता रहने छ भने व्यापार मेलामा महासंघका सदस्यहरु तथा विभिन्न भौगोलिक क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेशहरु, जिल्ला हस्तकला संघहरु र बस्तुगत संघहरु समेतको सहभागिता रहने छ ।
ब्यापार मेलामा धातुकला, सुनचाँदी, सुती एवं ढाकाका सामान, पश्मिना, छालाजन्य सामान, प्राकृतिक रेसा र वाँसका सामानहरु लगायत अन्य हस्तकलाका सामग्रीहरु प्रर्दशनी तथा विक्रीमा राखिने छन् । नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेपाल एकिकृत व्यापार रणनीति कार्यक्रम भित्र समावेश हस्तकलाका वस्तुहरुलाई मेलामा विशेष रुपमा प्रदर्शनी गर्ने कार्यक्रम रहेको छ । त्यसैगरि मेलामा समाजमा पछाडि परेका वर्ग र फरक क्षमता भएका ब्यक्तिलाई निशुल्क स्टल प्रदान गरिने छ ।
मेलाको प्रमुख आर्कषणको रुपमा रहेको १९औं संस्करणको हस्तकला प्रतियोगिता(जीवन्त प्रतियोगितात्मक हस्तकला प्रदर्शनी) अन्तर्गत (क) परम्परागत विधा तर्फ लोपोन्मुख अवस्थामा रहेको “बुट्टेनली” र ख) समसामयिक विधा तर्फ “गलैंचा बुनाई” मा प्रत्यक्ष रुपमा जीवन्त प्रदर्शनी गरिने छ । सो प्रतियोगितामा प्रति विधा न्यूनतम १५ जनाको सहभागिता रहने छ । साथै प्रतियोगितामा प्रत्येक विधामा उत्कृष्ट घोषित ३ जना कलाकारहरुलाई नगद पुरस्कार प्रथमःपचास हजार,द्वितीयः तीस हजार र तृतीयःबीस हजार तथा प्रतियोगितामा सहभागी सम्पूर्ण कलाकारहरुलाई प्रमाण पत्र लगायत पदक प्रदान गरिने छ । साथै मेलाको अवसरमा आर्थिक वर्ष २०८०÷८१ को लागि नेपाली हस्तकला उद्योग व्यवसायको विकास, विस्तार तथा प्रबद्र्धनमा निरन्तर क्रियाशील भई विशेष योगदान पु¥याउनु हुने उत्कृष्ट उद्यमी, उत्कृष्ट निकासीकर्ता, कार्गो कम्पनी र उत्कृष्ट कलाकारलाई सम्मान गरिने छ ।
यसै सन्दर्भमा मेलाको तेस्रो दिन ७० वर्ष नाघेका वरिष्ठ जेष्ठ कलाकारलाई नेपाल उद्योग वाणिज्य महासंघको सहयोगमा सगुन दिई चाँदीको फ्रेम सहित ताम्रपत्रबाट सम्मान गर्ने कार्यक्रम पनि रहेको छ । मेलाकै सन्दर्भमा हस्तकलाका विविध बिधामा संलग्न कलाकारहरुको प्रतिभा पहिचान गराउने र कलाकारहरुको व्यापार ब्यवसायलाई प्रवद्र्धन गराउने उद्देश्यले ूकला प्रदर्शनी २०८१ू आयोजना गरिने भएको छ । उक्त प्रदर्शनीले हस्त निर्मित विविध कलाकृतिहरु प्रदर्शन गरी स्वदेशी तथा विदेशी कलाकार, व्यापारीहरु एवं आगन्तुक महानुभावहरु बीचमा परिचित गराउने उद्देश्य लिएको छ । सो प्रदर्शनीमा राख्ने कलाकृतिहरुको प्रचार प्रसार गर्न कलाकारहरुको विवरण सहितको पुस्तिका पनि प्रकाशन गरिने आयोजक महासंघले जनाएको छ ।
नेपालपत्र संवाददाता