नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुको लाभांश वितरणमा कडाई गर्ने भएको छ । प्राधिकरणले लाभांश वितरणमा कडाई गर्दै लाभांश घोषणा गर्नुअघि बीमा कम्पनीहरूलाई नयाँ मापदण्ड लागू गर्न समेत निर्देशन दिएको छ ।
प्राधिकरणले कम्पनीहरूले अडिट रिर्पोटसहित प्राधिकरणको मापदण्ड अनुसार कागजात बुझाएपछि मात्रै लाभांश वितरण गर्न स्वीकृति दिने व्यवस्था गरेको छ ।
प्राधिकरणले लांभाश स्वीकृत गर्नुअघि बाह्य लेखापरिक्षकको लङ्ग फर्म अडिट रिपोर्ट पेश गर्न कम्पनीहरुलाई भनेको छ भने बीमकले लाभांश स्वीकृति माग गर्दा आर्थिक वर्षको चौथो त्रैमासिक अवधिको त्रैमासिक वित्तीय विवरण र वार्षिक वित्तीय विवरणको स्टेटमेन्ट अफ फाइनान्सियल पोजिसन, स्टेटमेन्ट अफ प्रोफिट एण्ड लस तथा स्टेटमेन्ट अफ अदर कम्प्रिहेन्सिभ इन्कम विवरणको प्रत्येक शीर्षकमा देखिएको रकमको भेरियन्स प्रतिवेदनसमेत पेश गर्नुपर्ने व्यवस्था अनिवार्य गरेको छ ।
प्राधिकरणका अनुसार उक्त भेरियन्स प्रतिवेदनको कुनै पनि शीर्षकमा १० प्रतिशत वा सोभन्दा बढी रकमको फरक देखिएमा सोको मनासिव कारण समेत खुलाउन विषय उल्लेख गरेको छ। बीमा कम्पनीहरुले नियामकीय नयाँ व्यवस्था लागू नगरे लाभांश घोषण गर्न नपाउने प्राधिकरणले जनाएको छ।
नेपालपत्र संवाददाता