आइतबार, आश्विन १८ गते २०८३

मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाको हुँदै, मंसीर पहिलो साता आउनसक्ने


कार्तिक २६, २०८१ सोमबार
मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाको हुँदै, मंसीर पहिलो साता आउनसक्ने

नेपाल राष्ट्र बैंक मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाको तयारीमा जुटेको छ। आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाका लागि आन्तरिक तयारी भइरहेको राष्ट्र बैंकका प्रवक्ता समेत रहेका कार्यकारी निर्देशक रामु पौडेलले जानकारी दिएका छन् ।

चालु आवको तीन महिनाको तथ्याङ्क संकलनको कार्य भइरहेको उनले बताए । तीन महिनासम्मको तथ्याङ्क सार्वजनिक भएपछि मौद्रिक नीतिको त्रैमासिक समीक्षा पनि छिट्टै सार्वजनिक हुने उनको भनाइ छ ।

केन्द्रीय बैंकले हरेक त्रैमास र अर्धवार्षिक रूपमा मौद्रिक समीक्षा गर्नेपर्छ। बैंकको आर्थिक अनुसन्धान विभागले मौद्रिक समीक्षा ल्याउने आन्तरिक तयारी गरिरहेको राष्ट्र बैंकले जनाएको छ । 

अनुसन्धान विभागले समीक्षा तयार गरेर व्यवस्थापन समितिमा, समितिले फाइनल गरेर राष्ट्र बैंकको बोर्डमा पठाउने गर्छ । त्यसपछि बोर्ड बैठकले पारित गरेपछि मात्र समीक्षा सार्वजनिक गर्ने गरिन्छ । मंसिरको पहिलो सातासम्म मौद्रिक समीक्षा आउन सक्ने सम्भावना रहेको छ।