आइतबार, आश्विन १८ गते २०८३

कोशी प्रदेशका पूर्व मन्त्री अधिकारी मानव तस्करीको आरोपमा पक्राउ


कार्तिक २५, २०८१ आइतबार
कोशी प्रदेशका पूर्व मन्त्री अधिकारी मानव तस्करीको आरोपमा पक्राउ

माेरङ । कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई बिराटनरबाट पक्राउ गरिएको छ । 

विराटनगर महानगरपालिका–२ स्थित डेराबाट अधिकारीलाई पक्राउ गरेर काठमाण्डौ लैजान विराटनगर विमानस्थलतर्फ लगिएको प्रहरीले जनाएको छ। 

मोरङ प्रहरीका एसपी नाराणप्रसाद चिमोरियाले काठमाडौं जिल्ला अदालतलको पक्राउ पुर्जीको आधारमा अधिकारीलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

अनुमति नलिइ जापान पुगेका उनीसँगै ३ जनालाई अध्यागमन कार्यालयले फिर्ता पठाइदिएको थियो। अधिकारीले आफूविरुद्ध लागेको आरोपको अनुसन्धानमा प्रहरीलाई सहयोग गर्ने बताउँदै आएका छन् ।