शुक्रबार, कार्तिक ७ गते २०८३

अमेरिकामा ट्रंपकाे पुनरोदय वैश्विक सन्तुलनको नयाँ अध्याय ?


कार्तिक २५, २०८१ आइतबार
अमेरिकामा ट्रंपकाे पुनरोदय वैश्विक सन्तुलनको नयाँ अध्याय ?

बर्तमान बिश्वमा अमेरिकी राजनीतिमा उदाउदो रुढीबादी लहरले केवल अमेरिकाको आन्तरिक संरचना मात्र बदल्ने होइन, बिश्व शक्ति सन्तुलनमा पनि यसको असर देखिन थालेको एकथरी बिश्लेषकहरुले औंल्याउँन थालेका छन् । यो कथित परिबर्तन यस्तो नयाँ बिश्व धाराको प्रतीक हो जहाँ अमेरिका परम्परागत मूल्यहरु र राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर कथित नयाँ दिशामा अगाडि बढ्न सक्छ ।
 आजको बिश्वमा संघर्षका बीच शक्ति सन्तुलनको प्रश्न अत्याधिक महत्वपूर्ण हुन पुगेको छ । यूक्रेन संकटदेखि लिएर इजरायलको पेलेस्टिनमाथिको नृशंसा आम हत्यासम्मका हरेका मुद्दाहरु सम्वन्धित देशहरुका लागि मात्रै सरोकार राख्ने बिषय होइनन्, त्यसका अतिरिक्त अन्तराष्ट्रिय समुदाय र बिश्व संस्थाहरुका लागि पनि गहिरो चिन्तानको बिषय बनिरहेका छन् । संयुक्त राष्ट्र संघ, यूरोपली संघ तथा नाटो सैनिक संगठन जस्ता संस्थाहरुको भूमिका पनि यी पछिल्ला संकटहरुमा महत्वपूर्ण बन्दै गइरहेको बिश्लेषण भइरहेको छ । किनभने ती संगठनहरुको मूल उदेश्य शान्ति स्थापना र अन्तर्राष्ट्रिय सहयोगलाई बढावा दिनु हो भनिन्छ । तर बढ्दो तनाव र बिभिन्न देशहरुको राजनीतिक हितहरुका कारण ती संस्थाहरुको भूमिकामाथि पनि आज गम्भीर प्रश्न उठिरहेका छन् । यूक्रेन संकटले बिश्वको आपूर्ति श्रृंखलालाई पनि नराम्रोसँग प्रभावित तुल्याएको र खल्बल्याएको बताइदैछ ।रुसमाथि लगाइएको पश्चिमा आर्थिक प्रतिबन्धहरुको असर यूरोपेली देशहरुको ऊर्जा र खाद्य आपूर्तिमाथि परेको छ जसबाट ग्यास र अन्य आवश्यक बस्तुहरुको मूल्यले आकाश छाएको छ । सम्भव छ कि ट्रम्पले यूरोपेली संघमाथि दबाब ढाउन् जसले गर्दा रुससँग ब्यापारिक तथा ऊर्जा सम्झौतालाई सन्तुलित तुल्याउन् फलतः अमेरिकी र यूरोपेली अर्थब्यवस्थालाई स्थिरता प्राप्त होस् । इजरायल–पेलेस्टिनी बीचको युद्धले पनि बिश्व स्तरमा ठूलो र ब्यापक प्रभाव पारिरहेको छ । अमेरिकी बाइडेन प्रशासनले इजरायलप्रतिको समर्थन जारी राखेको छ ।तर अब ट्रम्प अमेरिकी सत्तामा आउने भए पछि उनको ट्रम्प कार्ड के कस्तो हुने हो ? अझ बढी समर्थन इजरायललाई हुने हो कि शिथिल सम्वन्ध कायम रहने हो कुरा रहस्यकै गर्भमा छ । यता बंगलादेशको राजनीतिमा अमेरिकाको हस्तक्षेपले यस्तो समयको स्मरण गराउँदछ जतिबेला बिश्व शक्तिहरुले बिकासशील देशहरुको सम्प्रभूतालाई ठाडै चूनौति दिएर आफ्नो बिचारधारात्मक एजेण्डलाई अगाडि बढाउने गर्दथे । मानबाधिकार तथा लोकतन्त्रको समर्थनमा कदम उठाउदै अमेरिकाले बंगलादेशमा दबाब सिर्जना गरेकोले त्यसबाट त्यहाँको राजनीतिक धारा अझै पनि उल्झिएकै देखिदैछ । बंगलादेशका नागरिकहरुले त्यसलाई बाहिरी हस्तक्षेपकोरुपमा हेरिरहेका छन् । ट्रम्पले आफ्नो ‘अमेरिका फस्र्ट’ नीति अन्तरगत बिश्व मामिलामा सन्तुलन ल्याउने मात्रै प्रयास गर्ने होलान् कि उनको सोचमा कुनै पनि देशको सम्प्रभूताको सम्मान र उनीहरुको आत्मनिर्भरता बनाउने प्रेरणा पनि शामेल होला । उनी हस्तक्षेपबादी दृष्टिकोणलाई समाप्त पारेर बंगलादेश जस्ता देशहरुलाई उनीहरु स्वयंको बाटोमा चल्ने अवसर दिन सक्लान् ? त्यसरी नै तिनले आफ्नो आन्तरिक मुद्दालाई बाहिरी प्रभावबाट मुक्त भएर सुल्झाउन सकुन् । यस्तो नीतिले सशक्त सन्देश के दिनेछ भने अमेरिका केवल शक्तिशाली राष्ट्र मात्रै होइन, यसको अतिरिक्त यो एउटा मित्र देश पनि हो जसले अन्य देशहरुको सम्प्रभूताको सम्मान गर्दछ ।
साँच्चै ट्रम्प प्रशासन यो दृष्टिकोणले चल्यो भने बंगलादेश जस्ता देशहरुलाई आफ्नो स्वतन्त्र पहिचान र निर्णय लिने क्षमतमा थप सबलता मिल्नसक्छ । यो यस्तो  प्रकारको समीकरण बन्न जान्छ जसमा अमेरिकालाई ‘सम्मानजनक सहयोगी’को रुपमा  देखापर्न सकोस् जसले केवल आफ्ना राट्रिय हितहरुमा मात्र हेर्दैन त्यसका अतिरिक्त बिश्व स्थिरताको पनि समर्थन गर्दछ । अमेरिकाले यदि यस प्रकारको नीति लियो भने त्यसले चीनको बढ्दो बिश्व प्रभावलाई कम गर्ने रणनीतिक मार्ग पनि लिनसक्ने एकथरी बिश्लेषकहरुको सोचाई छ । बंगलादेश जस्तो देशले आफ्नो हितको हिसाबले चीन र अमेरिकाका बीच  सन्तुलन कायम गर्ने प्रयत्न पनि गरिरहेको छ । ट्रम्पको संप्रभूता–आधारित  दृष्टिकोणले बंगलादेशलाई उसको हित अनुकुल स्वतन्त्र बाटो चुन्ने अवसर प्रदान गर्दछ, जसबाट त्यो देश बाहिरी प्रभावबाट मुक्त रहन सकोस् र आफ्नो अर्थब्यवस्था र कूटनीति सन्तुलन बनाउन सकोस् । 
 त्यसैले ट्रम्प सत्तामा आउनुका अर्थ अनेक  अर्थमा ऐतिहासिक र राजनीति परिबर्तन हो भनेर पनि कतिपयले भनिरहेका छन् । जसले केवल अमेरिकी घरेलु नीतिमा असर मात्र गद्र्रैन,त्यसमा अतिरिक्त अन्तर्राष्ट्रिय सम्बन्ध, बिश्व ब्यापार र साँस्कृतिक आदान–प्रदानमा पनि गहिरो किसिमले प्रभाव पार्दछ भनिदैछ । ट्रम्पको प्रशासन कालमा अमेरिकाको उदेश्य बिश्व स्तरमा आफ्ना सहयोगहिरुसँग एउटा सन्तुलित शक्तिकारुपमा कार्य गर्नु हुनेछ । त्यसमा सैन्य शक्तिको प्रयोग पनि सामेल रहेको हुन्छ नै त्यसका अतिरिक्त आर्थिक तथा साँस्कृति सम्बादका कुरा पनि हुनेछन् । यो नीतिले अमेरिकालाई अन्तर्राष्ट्रिय मञ्चमा स्थिर र बिश्वसनीय सहयोगीकारुपमा प्रस्तुत गर्नेछ । र जसबाट यसलाई ट्रम्पको  ‘मूल्यमा आधारित राजनीति’को धारणालाई पनि बल मिल्ने छ । त्यसले अमेरिकालाई नैतिक शक्तिकारुपमा उभार्ने प्रयास पनि गर्नेछ ।सामाजिक दृष्टिकोणले ट्रम्पका नेतृत्वमा पारंपरिक मूल्यहरुको पुनस्र्थापनाको प्रयास हुनेछ जसमा अमेरिकी परिबार, धार्मिक स्वतन्त्रता र सामुदायिक सम्बन्धहरुलाई केन्द्रमा राखिने छ । यसले केवल अमेरिकी समाजको साँस्कतिक ढाँचालाई सबल बनाउने छ, त्यसका अतिरिक्त त्यसलाई अद्वितीय पहिचान  पनि प्रदान गर्नेछ ।अमेरिका यस्तो पहिचान अपनाउने दिशामा अग्रसर हुनेछ जसले आधुनिकता र परम्पराका बीच सन्तुलन  कायम राख्नेछ ।यस पुनर्जागरणको उदेश्य अमेरिकालाई एउटा दिशा दिनु मात्रै होइन, बर ती सबै राष्ट्रहरुलाई प्रेरित गर्नु पनि हो जसले साँस्कृतिक गौरब र आधुनिकताका बीच सन्तुलनको खोजी गर्ने काम गरिरहेको छ । तर यी धारणाहरु कपोल कल्पित पनि हुन सक्छन् । अमेरिकाले बिश्वमा खोजिरहेको प्रभूत्व जुन दल सत्तामा आए पनि उस्तै छ ।
 यस प्रकार ट्रम्पको नेतृत्वले त्यो भन्दा भिन्न युगको आरम्भ गर्न सक्तछ जसमा अमेरिका केवल आर्थिक र सैन्य शक्तिकारुपमा मात्रै होइन,नैतिक र मूल्यहरुको सम्बाहकका रुपमा समेत उठेर आउन सक्छ भन्ने कुरा एकथरीले उठाइरहेका छन् । यस नयाँ भनिएको युगमा अमेरिकाको उदेश्य केवल आफ्नो हित र स्वार्थ साधन गर्ने मात्र हुँदैन, उसले बिश्व शान्ति, स्थिरता, अनि साँस्कृतक आदान प्रदानालाई पनि बढावा दिनु पर्दछ भन्ने उनीहरुको प्रकल्पना छ ।ट्रम्पको प्रयास सबल, आत्मर्निर र प्रभावशाली  अमेरिका बनाउने हुँदाहुदै पनि जसले केवल बिश्व मञ्चमा आफ्नो उपस्थिति दर्ज गराउने मात्र नभएर अरु राष्ट्रहरुका लागि प्रेरणा–श्रोत पनि बन्न सक्छ त्यस्ता  बिश्लेषकको निचोड देखिदैछ ।