राष्ट्र बैंकले आज बजारबाट ५० अर्ब रुपियाँ प्रशोचन गर्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रियसँगै नेपाल राष्ट्र बैंकले निरन्तर तरलता खिचिरहेको छ । कात्तिक २१ गते निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले एक खर्ब रुपियाँ तरलता प्रशोचन गरेको थियो ।
केन्द्रीय बैंकले निक्षेप संकल उपकरणको माध्यमबाट २१ दिनका लागि ५० अर्ब रुपियाँ प्रशोचन गर्ने जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले आज दिउँसो २ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । पछिल्लो तथ्यांक अनुसार बैंकहरुले ६६ खर्ब ३६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने यता जम्मा ५२ खर्ब ७५ अर्ब रुपैयाँ मात्र कर्जा लगानी भएको छ ।
केन्द्रीय बैंकले बजारमा तरलता अभाव हुँदा रिपोमार्फत तरलता प्रवाह गर्ने गर्छ भने अधिक तरलता हुँदा ठिक उल्टो रिभर्स रिपो अर्थात् निक्षेप संकलन बोलकबोलमार्फत तरलता प्रशोचन गर्दै आउको छ ।
नेपालपत्र संवाददाता