शुक्रबार, कार्तिक ७ गते २०८३

घट्यो डिजेल र मट्टीतेलको मूल्य, अब कति पर्छ  ?


कार्तिक १५, २०८१ बिहीबार
घट्यो डिजेल र मट्टीतेलको मूल्य, अब कति पर्छ  ?

नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनले  पठाएको नयाँ मूल्य सूचि अनुसार डिजेल र मट्टीतेलको मूल्य घटेर आएकाले मूल्य समायोजन गरेको निगमले जनाएको हो । निगमका अनुसार पेट्रोल प्रतिलिटर रु.० .२५, डिजेलमा रु.१.०४ ले र मट्टितेलमा रु. २.२४ घटेर आएको छ भने हवाई इन्धनमा रु. ३.२३ र एल.पि. ग्यासमा प्रति सिलिण्डर रु. ५५.७० ले बढेर आएको छ। 

निगम संचालक समितिको कात्तिक १५ गतेको निर्णय बमोजिम डिजेल र मट्टीतेलमा समान प्रतिलिटर १ रुपियाँ घटाएको छ भने पेट्रोल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत् राखिएको छ । योसँगै अब डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५० रुपियाँ कायम भएको छ । घटेको मूल्य आजै राति १ बजेदेखि लागू हुने समेत निगमले जनाएको छ ।