शुक्रबार, कार्तिक ७ गते २०८३

स्मार्ट च्वाइस् टेक्नोलोजिज् र एनसीएचएल बीच नेपालपे कार्डको लागि समझदारी

कार्तिक १४, २०८१ बुधबार
स्मार्ट च्वाइस् टेक्नोलोजिज् र एनसीएचएल बीच नेपालपे कार्डको लागि समझदारी


स्मार्ट च्वाइस् टेक्नोलोजिज् (एस्सिटि) र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) बीच नेपालपे कार्ड जारी गर्न र एक्युर  गर्न पूर्वाधार तयार गरी इन्टिग्रेट गर्ने समझदारी भएको छ । समझदारीपत्रमा एस्सिटिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  मनोज घिमिरे तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

नेपाल राष्ट्र बैंकको मार्गदर्शनमा एनसीएचएले चरणबर्द रुपमा स्थापना गर्दै गरेको नेशनल पेमेन्ट स्वीचको दोस्रो चरण अन्तर्गत नेपालको आफ्नै डोमेस्टिक कार्ड स्कीम “नेपालपे” र एनपीएस नेशनल कार्ड स्वीच   कार्यान्वयनको लागी आवश्यक जडान तथा परिक्षण कार्य भईरहेको छ । उक्त नेपालपे कार्डको स्वीकार्यता र प्रयोग वृद्धि गर्नका लागि एस्सीटिले आफ्नो प्रणाली तथा पूर्वाधारमा आवश्यक स्तरोन्नती गरे पश्चात् एनपीएस एनसिएस को प्राविधिक सदस्यतालाई नेपालपे कार्ड जारी र एक्युएर गर्न सक्नेछ । 

सञ्चालनमा आए पश्चात् उक्त कार्डको राउटिङ्ग, स्विचिङ्ग तथा सेटलमेन्ट एनसीएचएलको नेशनल पेमेन्ट स्वीच मार्फत हुनेछ ।  एनसीएचएलले आफ्नो इएफटी कार्ड स्वीच मार्फत १२ बैंकहरुलाई अन्य कार्ड स्कीमको प्रोसेसिङ्ग र कार्ड सर्भिसेस्को सुविधा प्रदान गर्दै आएको छ भने, एस्सिटिले १० बैंक, ११ वित्तीय संस्था, १०० माथी  सहकारी संस्थाहरुलाई कार्ड प्रोसेसिङ्गको सेवा दिँदै आएको छ । नेपालको आफ्नै भुक्तानी कार्ड स्कीम “नेपालपे” को कार्यान्वयन पश्चात् बैंकका ग्राहकहरुले डोमेस्टिक स्कीम मार्फत नै सहज रुपमा कार्ड प्राप्त गर्न सक्ने र कारोबार गर्न सक्नेछन् साथै नेपालपे लगायतका कार्ड सम्बन्धी कारोबारहरु  एनपिएस  अन्तर्गत नेशनल कार्डस्वीच मार्फत हुने हुँदा नेपालपेको विस्तारमा यस समझदारीले विशेष योगदान पुग्ने विश्वास गरिएको छ । 

  • सम्बन्धित विषय:

  • # नेपालपत्र संवाददाता