ओस्कार एरिएस सांकेज (१९४०–) मध्य अमेरिकी मुलुक कोस्टारिकामा स्पेनी मूलका, नोबेल शान्ति पुरस्कार १९८७ बाट सम्मानित, प्रजातान्त्रिक समाजवादप्रति आस्थावान् पूर्वराष्ट्रपति हुन् । धनिमानी परिवारमा यिनको जन्म भयो ।
उनी १९८६ देखि ९० सम्म र २००६ देखि ०१० सम्म दुईपटक राष्ट्रपति भए । मध्यअमेरिकी संकट समाप्त गर्न उनको निर्णायक भूमिकाका लागि १९८७ मा नोबेल पुरस्कार दिईयो । उनले मानवतावादको लागि अल्बर्ट शेविजर पुरस्कार लगायत अन्य पुरस्कार र सम्मान पनि हासिल गरेका छन् ।
२००३ मा उनी अन्तर्राष्ट्रिय अपराध अदालत (International Criminal Court) मातहतको पीडितको लागि ट्रस्ट फण्डका बोर्ड अफ डाईरेक्टर्समा निर्वाचित भए। उनले धेरैवटा पुस्तक लेखेका रहेछन् ।
उत्तरी छिमेकी हन्डुरसको सर्बोच्च अदालतले त्यहाँका राष्ट्रपति मेनुएल जेलायलाई संविधान र कानुनको उल्लङ्घन गरेकोले २००९ मा पक्राउ वारेन्ट जारी गरेको र राष्ट्रपति जेलाय भागेर कोस्टारिका पुगेपछि उत्पन्न संकटमा समाधानका लागि यिनको विशेष योगदान थियो । २/४ वर्षअघि ओस्कार एरिएस आपराधिक दुराचार, यौन विवाद आदि झमेलामा पनि परे ।
उत्तर र दक्षिण अमेरिकालाई जोड्ने बीचको करिडरजस्तो भूभागमा अवस्थित ५० लाख जनसंख्या भएको र करिब १२ हजार ७०० अमेरिकी डलर प्रतिव्यक्ति आय भएको मुलुक हो कोस्टारिका । सान जोसे यसको राजधानी हो ।
कफी, सुर्ती, चिनी, कोका, पर्यटन आदि यस मुलुकका मूख्य आयस्रोत हुन् । यो मुलुकसँग हाम्रो सरोकार यति हो, यहाँस्थित युएन् विश्वविद्यालयले हाम्रा खड्गप्रसाद ओलीलाई प्रधानमन्त्री हुँदा मानार्थ विद्यावारिधि प्रदान गरेको थियो । करिव सवासय वर्षदेखि यस मुलुकमा शिक्षा पूर्ण नि:शुल्क प्रदान गरिंदैआएको छ ।
उनको माथि उल्लेखित भनाई नोबेल पुरस्कार पाएको समारोहमा प्रत्युत्तर भाषणको हो । उनको यो भनाई पनि चर्चित छ, “तानाशाह र प्रजातन्त्रवादीमा असाधारण अन्तर छ । प्रजातन्त्रवादी प्रतिपक्षीको अस्तित्वमा आफ्नो सार्थकता ठान्छ र प्रतिपक्ष छैन भने खोज्छ, जबकि तानाशाहको सपना सबै विरोध र विरोधीलाई समाप्त पार्नु हो ।”
चन्द्रमणि गाैतम