शुक्रबार, कार्तिक ७ गते २०८३

मध्य-पूर्बको स्थिति बारे गोदी मिडियाको प्रोपोगन्डा र केही बिकाउ बुद्धिजीवीहरु !!!

कार्तिक ११, २०८१ आइतबार
मध्य-पूर्बको स्थिति बारे गोदी मिडियाको प्रोपोगन्डा र केही बिकाउ बुद्धिजीवीहरु !!!

Mahadeep.jpg

महदीप पाेखरेल

केही मानिसहरुलाई लाग्छ कि अमेरिका र इस्रायल अनन्तकालसम्म सुपर पावर (महाशक्ति) हुन् । उनिहरु जहाँ मनलाग्छ,त्यहाँ आक्रमण गर्न सक्छन, ती सबै आक्रमण अत्यन्त सफल हुन्छन,बिरोधिहरुलाई ध्वस्त बनाउँछन्।अझ अगाडी बढ्दै उनिहरु भन्छन - सेल्फ डिफेन्स   (आत्मरक्षा) इस्रायलको अधिकार हो ।स्कुल ,हस्पिटल र शरणार्थी शिबिरमा बमबाड गरेर केटाकेटी ,वृद्ध ,बिरामीको हत्या पनि जायज छ,किनकि तिनिहरु हमासलाई सहयोग र समर्थन गर्छन्।यस्ता निर्दयी टिप्पणी गर्ने नेपाली कथित बुद्धिजीवीहरु पनि नभएका होइनन् । इस्रायलका  बिरुद्ध अरुले गरेका आक्रमण सबै बिफल हुन्छन,मानौ उनिहरुले छोडेको रकेट,मिसाइल आदीले अमेरिकी सैन्य क्याम्प र इस्रायलमा कुखुराको चल्लो पनि मर्दैन , कतिले यस्तो पनि सोच्ने गरेका रहेछन्।
अमेरिका र इस्रायल शक्तिशाली छन,यसमा कुनै  बिवाद छैन,तर यो अस्थायी अबस्था मात्र हो।यिनिहरुको हवाई शक्ति र इन्टेलिजेन्स तगडा छन्, तर उनिहरुको विरुद्ध उभिएका शक्तिहरुलाई पनि यत्ती कुरा त थाहा होला नि ? एउटा भर्खरैको तथ्य छ- इस्रायल भित्रै इरानको जासुसी सँस्थाको काम गर्नेहरु पनि छन् र उनिहरु यहुदी नै हुन।इरान लगायतका शक्तिहरुको पनि प्रतिरोध योजना त पक्कै छ, नत्र आफ्ना टप कमान्डरहरु र समर्थक लाखौंको हत्या पछि पनि कुन शक्ति छ,जस्ले उनिहरुलाई युद्धमा टिकाइरहेको छ, सोच्नुपर्दैन ?? ?

Middleeastwar.jpeg
अमेरिका र इस्रायलको पक्षमा युद्धका खबरहरु गोदी मिडियाको शैलीमा पस्किने तथाकथित बुद्धिजीवीहरु किन यो तथ्य बुझ्दैनन्- बिगत १ बर्षदेखि हमास कसरी टिकिरहेको छ ?? आज १ महिना भैसकेको छ,इस्रायलले दक्षिण लेवनानमा जमिनी लडाइँ शुरु गरेको ,त्यहाँ हिजबुल्लाहको तगडा प्रत्याक्रमणबाट आई डि एफ थिलोथिलो भएको छ।लेबनानमा १ ईन्च पनि किन इस्रायली सेना घुस्न सकेको छैन ?हिजो इस्रायलले इरानमाथि गरेको आक्रमण पनि टायटाय फिस्स भएको छ।गाजामा युद्ध लडेका हजारौं इजरायली सैनिकमा मानसिक समस्या आएको छ। त्यसैले उनिहरु युद्धमा जान ईन्कार गरिरहेका छन।
ठिकै छ,यो युद्धमा अमेरिका वा इस्रायलले जित्लान,किनकि उनिहरु शक्तिशाली छन् । तर, युद्ध अनिश्चय र सम्भावनाको खेल हो,दोस्रो बिश्व युद्धमा हिटलरले हार्छ भनेर कसैले भन्न सकेको थिएन,तर अन्तिममा के स्थिति आयो सबैलाई थाहै छ। गोदी मिडियाको भरमा विश्व सम्बन्धि धारणा बनाएर प्रचारप्रसार गर्नेहरु महामूर्ख हुन ,यदि यसो होइन भने तिनिहरु एजेन्ट हुन र नेपालको निम्ति पनि घातक छन्।ए मूर्ख मनुष्यहरु हो ! कुनै दिन यस्तो आउला - तिमीहरू राती सुतेर बिहान उठ्दा बिश्व अर्कै भैसक्ला,फेरि बेहोस भएर मुर्छित हुनुपर्ला,त्यसकाे अहिलेदेखि नै तयारी गर !।