शनिबार, आश्विन १७ गते २०८३

तीन महिनाम ३ खर्ब ५२ अर्बको व्यापार घाटा, आयात निर्यात दुवै घट्यो


कार्तिक ८, २०८१ बिहीबार
तीन महिनाम ३ खर्ब ५२ अर्बको व्यापार घाटा, आयात निर्यात दुवै घट्यो

 

चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा नेपालले ३५२ अर्बको व्यापार घाटा व्यहोरेको छ । श्रावणदेखि असोज मसान्तसम्म नेपालले कुल ४ खर्ब २९ अर्ब १३ करोड रुपैयाँको वैदेशिक व्यापार गरेको भन्सार विभागको तथ्यांक छ । 

यस अवधिमा आयात–निर्यात दुवैमा कमी आउँदा अघिल्लो आ. व. को तीन महिनाको तुलनामा व्यापार घाटा ३.९६ प्रतिशतले घटेको छ । 


साउनदेखि असोजसम्म नेपालले ३ खर्ब ९० अर्ब ७२ करोड रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ । यही अवधिमा ३८ अर्ब ३७ करोड रुपैयाँको वस्तु निर्यात गरेको छ । यस अवधिमा आयात ४.१७ प्रतिशतले र निर्यात ६.११ प्रतिशतले घटेको छ ।