राष्ट्रिय स्वतन्त्र पार्टी सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने सहकारी ठगी तथा संगठित अपराधको आरोपमा पक्राउ परेका छन् । उनी बनस्थलीस्थित रास्वपा कार्यालयबाट पक्राउ परेका हुन्। जिल्ला अदालत कास्कीले शुक्रबार पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। पक्राउपश्चात् लामिछानेलाई आजै पोखरा लैजाने तयारी प्रहरीको रहेको बुझिएको छ।
पक्राउ पर्नुअघि लामिछानेले पत्रकार सम्मेलन गरी आफूलाई राज्यले फसाएको प्रतिक्रिया दिएका छन्। आफुले अनुसन्धालाई सघाउने तर राज्यले भएभरको शक्ति आफुविरुद्ध लगाएको प्रतिक्रिया उनको थियो । उनका समर्थकले रविको पक्षमा र सरकारका विरुद्ध नाराबाजी समेत गरेका थिए । लामिछानेसहित अन्य १३ जनाविरुद्ध समेत सूर्यदर्शन सहकारी ठगीको आरोपमा पक्राउ पुर्जी जारी भएको छ ।
नेपालपत्र संवाददाता