नेपाली बजारमा सुनको मूल्यले कीर्तिमान बनाएको छ । शुक्रबार सुन प्रति तोला २ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अघिल्लो दिन बिहीबार प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ६४ हजार ४ सय रुपैयाँ पुगेको हो। सुनसँगै चाँदीको पनि मुल्य बढेको छ।
आज चाँदी प्रतितोला १९८० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला १९५० रुपैयाँमा खरिबिक्री भएको थि यो। अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बढेसँगै त्यसको प्रभाव नेपाली बजारमा परेको महासंघले जनाएको छ ।
नेपालपत्र संवाददाता