सगरमाथाको सफल पहिलो यात्राको खोजी अहिलेसम्म पनि जारी रहेको छ । बितेको एक शताब्दीदेखि यताको निरन्तरको खोजले सबैभन्दा पहिला सगरमाथाको चुचुरोमा पुग्ने एडमण्ड हिलारी र तेञ्जिङ्ग नोर्गे नै हुन् भन्ने पुनर्पुष्टी गर्ला कि अरु कोही थियो भन्ने प्रमाणित गर्ला लामो समयदेखि प्रतिक्षा र जिज्ञाषाको एउटा बिषय छ ।
यस बारेमा निकै लामो सयमदेखि खोज अनुसन्धान हुँदै आइरहेको पनि छ । यस सन्दर्भमा पछिल्लो समय ‘नेशनल जोग्राफिक सोसाइटीको एउटा समूहले सगरमाथामाथिको पहिलो बिजयका बारेमा केही नयाँ खोज अनुसन्धान गरेर नयाँ तथ्य फेला पारेको दाबी पनि गरेको छ । यति त्यो सत्य ठहरियो भने एक सय बर्ष पुरानो रहस्यलाई यसले सुल्झाउन सक्छ भनिदै छ ।
आजभन्दा ठीक एक सय बर्ष पहिला १९२४ को जून महिनामा यो बिश्वको सबैभन्दा अग्लो सगरमाथाको चुचुरोमा पहिलो पाइला टेक्ने बृटिश महत्वाकांक्षाको बोझ उठाउने एउटा सगरमाथा आरोहण समूह यो एउटा मिशन लिएर खडा थियो । त्यस समूहले समुद्र सतहदेखि २९,०३२ फिट उच्चाईको सगरमाथामा पुग्नु थियो ।
पहिलाका दुइटा असफल अभियानपछि ती पर्बतारोहीहरुको यो तेश्रो दल थियो । नौजना ब्यक्ति रहेको यस दलमा जर्ज मिलोरी(समूह नेता), एडबर्ड नार्टन,नोएड ओडेल,जोन मेकडानोल्ड, एडवर्ड ओ., शेबेअर,जेफरी ब्रुस,टी.हार्डभर्ड समरबेल,बेंटले वीथम,एड्रु सेण्डी इरवीन रहेका थिए ।
२ जून, १९२४ को अपरान्हमा के भएको थियो ?
सगरमाथा चुचुरो पुग्ने एउटा बाटो निकै नै एकदम साँगुरो भञ्ज्याङ्ग जस्तो रहेको छ । ग्रेट (नार्टन) कुलुआ यो सगरमाथको उत्तर फर्केको अनुहार तर्फ रहेको छ । ८ जून १९२४ दोपहर पछि पर्बतारोहण समूहका दुइजना सदस्य मेलरी र इरबिनले त्यो भञ्ज्याङ्गलाई पार गरिसकेका थिए । त्यत्तिबेलै मौसम पनि उघ्रियो, बादल पनि फाट्यो अनि पहाडमाथिको भाग पनि सफा देखिन थाल्यो ।
कतिसम्म भने मौसम उघ्रिएपछि उत्तर पूर्बको पानी ढलो(रिज)को ‘थ्री स्टेप्स’ को पहिलो सिंढी पनि देखिन थालेको थियो । यो ठाउँ झण्डै झण्डै २८,०९७ फिटजति उच्चाईमा छ । तर फेरि केही मिनेटमा मौसम एकदमै बदलियो र घना बादल फर्किएर आयो । त्यतिबेला समूहका सदस्या नोएल ओडेल, मेलरी र इरबिनदेखि झण्डै १००० फिट तल थिए । उनी एउटा घुमाउरो बाटो क्याम्प ६ हुँदै माथि चढ्ने कोशिश गरिरहेका थिए । त्यहा एउटा ठाडै चढ्नु पर्ने चट्टान थियो र त्यसमाथि चढेका ओडेलले मौसम एकाएक सफा हुँदै गरेको देखे ।
त्यतिबेला ओडेललाई चुचुरोसम्मको पूरै बाटो देखिदै गेरेको थियो । उनले पहिलो र दोश्रो दुबै कदम राख्नुपर्ने ठाउ देखिरहेका थिए । उता फेरि ओडेलले जे देखे त्यो समय उनलाई जीवानभरी नै याद रहनेवाला मात्र थिएन अझ सगरमाथाको इतिहासमा सबैभन्दा ठूलो रहस्य पनि बन्ने किसिमको थियो । .
के देखेका थिए ओडेलले ?
९६ बर्षको उमेरमा फेब्रुअरी १९८७ का दिन ओडेल बिश्वबाट बिदा भए । आफ्नो सम्पूर्ण जीन्दगी उनले ८ जून १९२४ को दिनको तेश्रो प्रहरमा दिमागमा खिचिएको त्यो तस्वीर दोहोर्याउदै रहे कि उनले २८,२५० फीटको उच्चाईमा ‘सेकेण्ड स्टेप’मास्तिर दुइटा गतिशील आकृतिहरु देखेका थिए ।
ओडेललाई यस कुरामा रत्तिभर पनि सन्देह थिएन कि उनले दुइजना पर्बतारोहीहरुलाई त्यस ऊच्चाईमा अगाडि बढ्दै गरेको देखेको थियो ।उनकै शब्दमा भन्ने हो भने ती पर्बतारोहीहरु फूर्तिकासाथ अघि बढिरहेका देखिन्थे ।
यदि यो दृष्य यस्तो थियो भने त ती दुबै पर्बतारोहीहरु मेलोरी र इरबिन बाहेक अरु कोही हुनै सक्तैनन्, तिनै दुइजना थिए,जो त्यस समूहका बाँकी मानिसहरुभन्दा अगाडि थिए । ओडेलले देखेको त्यो झलकको करीब पाँच मिनेट पछाडि नै बादल पुनः फिर्ता आयो । अनि त्यस दिनको तेश्रो प्रहर समाप्त हुनुभन्दा पहिला ओडेलले सगरमाथा पुनः देख्न पाएनन् ।
अनि जब उनले पुनः सर्बोच्च शिखर देखे त्यतिबेला त्यहाँ मेलेरी र इरविनको कुनै अत्तोपत्तो अर्थात नाम निशान थिएन ! मेलेरी र इरविन फेरि कहिल्यै कसैलाई देखापरेनन्, ती दुबै सगरमाथाका यात्रीहरुको त्यस क्लबको हिस्सा बन्न गए, जसको जीन्दगी पहाडमै समाप्त हुन पुगेको थियो ।
त्यो एउटा क्यामेरा जसमाथि आशा अझै छ
मेलरी र इरविनको मृत्यु त भयो नै तर कहिले र कुन पहाडमा ? के उनीहरु कहिल्यै सगरमाथा चढ्न पाए ? यदि ओडलले तिनीहरुलाई ‘सेकेण्ड स्टेप’मा देखेको थियो भने त उनीहरु चुचुरोभन्दा धेरै टाढा थिएनन् ।
के २९ मे १९५३ का दिन एडमण्ड हिलारी र तेञ्जिङ्ग नोर्गेको पहिलो पटक सगरमाथामाथि बिजय प्राप्त गर्ने उपलब्धीभन्दा पनि तीन दशक पहिला नै मेलरी र इरविन, या केवल मेलरी, या केवल इरविनले एभरेष्टको टाकुरोमा पाइला राखेका थिए ?
के ती दुबै या तीमध्ये एकजना चुचुरोबाट उत्रिदै गर्दा लडेर मरेका थिए ? तर तिनको जुत्ता त आधुनिक पर्बतारोहीहरुको जस्ता थिएनन् नै, त्यसोभए हिमालयको त्यस कठिन ऊच्चाईमा ती जुत्तासँगै तिनीहरु माथि चढ्न पाएका हुन् त ?
बिश्वास गरौं कि यी सबै कुरामा ‘यदि’ ‘तर’ बहुत कम छन् । बितेको एक शताब्दीदेखि यो हाइपोथसिस(परिकल्पना)पर्बतारोही समुदायको सबैभन्दा तातो बहसमध्येमा एउटा बहस बनेर कायम रहेको छ भने के यो रहस्य सुल्झिने कुनै तरीका छैन ? अपेक्षा गर्नेहरुले सम्पूर्ण आशा एउटा क्यामेरामा टिकाएका छन् – ‘कोडेक वेस्ट पाकेट क्यामेरा’ ।
त्यही क्यामेरा त्यस पर्बतारोही समूहका एकजना सदस्य साँमरवेलले मिशनका बेला मेलरीलाई दिएका थिए। इदि उनी सगरमाथको चुचुरोमा पुगेका भए त निश्चय नै उनले क्यामेरामा तस्वीरहरु कैद गरे होलान् र क्यामेरा ज्याकेटको पकेटमा राखे होलान् ।
उनको त्यो चलचित्र(फिल्म), जुन कहिल्यै डेभलोप(बनाइएन)भएन, शायद अहिलेसम्म पनि बचेर रहेको होस, कोडेक कम्पनीले भनेको पनि थियो कि दशकौंसम्म बरफमा जमेर रहेको भए पनि त्यस कम्पनीले कोशिश गर्नेछ, त्यसबाट तस्वीर पुनः निकाल्ने, शायद सफलता मिल्न पनि सक्छ ।
शव भेटियो तर क्यामेरा भेटिएन
मेलरी र इरविनको शबको खोजी, अनि त्यस कोडेक क्यामेरोको खोजमा दशकौंदेखि मानिसहरु हेरान हुँदे आएका छन् । १९३३(?) मा सगरमाथा गएका आरोही समूहलाई एउटा सानो सफलता हात लाग्यो जब उनीहरुलाई इरविनको एउटा बर्फवाला गैंती प्राप्त भयो ।

फेरि लामो समय सन्नाटा छायो अनि दशकौंको मेहनत पछि १९९९मा गएको अर्को एउटा पर्बतारोही समूहले करीब २७००० फीट ऊच्चाईमा मेलरीको शव खोजेर निकाल्यो ।
त्यो शबको शीर जमिनतर्फ उभिण्डो परेको स्थितिमा प्राप्त भयो र एउटा खुट्टा र शायद एउटा हात पनि भाँचिएको थियो, अर्थात लडेर उनको मृत्यु भएको थियो । हिउँले मिलेरीको शव सम्हालेर राखेको थियो । गोजीमा राखिएको चिठी पनि जस्ताकोतस्तै थियो ।
धेरै कुरा प्राप्त भयो, तर त्यो कोडेक क्यामेरा नै प्राप्त भएन । फेरि आशा लाग्यो कि क्यामेरा इरविनसँग रहेको थियो होला ।उनको पनि शब खोज्न धेरै मानिसहरु सगरमाथा गए । कयौं बिशेष अभियानहरु नै चलाइयो ।
एक शताब्दी पछि पनि यो पहेलीको महत्वपूर्ण हिस्सा बेपत्तै
अन्ततः अब ठीक एक शताब्दी पछि इरविनको पनि अवेशष प्राप्त भयो नेशलन जोग्राफिकले बताएको छ कि तिनको एउटा समूहलाई नर्थफेश मुनि एउटा शबको अवशेष मिल्यो र उनीहरुलाई निश्चित छ कि त्यो इरविनकै अबशेष हो ।
हिउँको आधा पग्लेको पत्रबाट बाहिर हेर्दै गरेको जस्तो किसिमले एउटा जुत्ता र त्यसमा घुसेको खुट्टाका अवशेषमा रहेको एउटा मोजा पनि प्राप्त भयो । जसमा इम्ब्राइडरीमा लेखिएको छ – ए.सी. इरविन
नेशलन जियोग्राफिकको यस टिम(समूह)ले गएको सेप्टेम्बरमा यो खोज गरेको हो । त्यसको रिपोर्टमा टीमका सदस्य जिमी चिनले यस बहुप्रतिक्षित खोजको समयका बारेमा यसरी बताउँदछन्–‘‘मैले मोजा उठाएँ र त्यहाँ लाल चिप्पी देखें, जसमा सिलाइएको थियो ः ए.सी. इरविन’’
इतिहास बदल्न सक्छ सगरमाथामा हराएको त्यस क्यामेराले ?
यस निरन्तर खोजमा सामेल टिम(समूह)लाई आशा छ कि शायद यस ऐतिहासिक खोजबाट यो कुरा थाहा पाउन मद्दत मिल्ने छ कि १९२४ को जून महिनामा त्यस दिन सगरमाथा(एभरेष्ट)मा के भएको थियो अहिलेसम्म पहेलीको एउटा अहं अध्याय बाँकी छ, त्यो कोडेक क्यामेरा हुन त खोजमा लागेको टिमलाई यकिन छ कि त्यो क्यामेरा शब भेटिएको आसपासमै कतै होला ।
यत्तिका बर्षसम्म खोज्नका लागि यत्तिका अथाह ठूलो क्षेत्र रहेकोमा कम्तिमा अब त्यो खोजको दायरा त निकै सानो भइसकेको छ । चीन र त्यसको टिमले अहिलेसम्म त्यो लोकेशन बताएको छैन, जहाँ उसले इरविनको अबशेष पाएको थियो । त्यो यस डरको कारणले पनि कि फेरि ट्रफि हण्टर अर्थात खोजकर्ताहरुको बाढी त्यो ठाउँमा आउन थाल्छ । हुन पनि यत्रो ठुलो रहस्यलाई सुल्झाउनु पर्नेछ त्यसप्रति ट्रफी हण्टरहरुको आकर्षण पनि बहुतै हुने नै भयो ।