शनिबार, कार्तिक ८ गते २०८३

एनएमबि बैंकले जम्मा गर्यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५१ लाख


आश्विन २१, २०८१ सोमबार
एनएमबि बैंकले जम्मा गर्यो  प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५१ लाख

एनएमबि बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५१ लाख  रकम  जम्मा गरेको छ । उक्त सहयोगले बाढी पहिरोबाट प्रभावित समुदायलाई राहत तथा  पुनस्थापना  गराउन र बिग्रिएका, भत्किएका संरचनाहरुको पुनर्निमाण गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास बैंकले लिएको छ । 

बैंकका उच्च पदाधिकारीहरुले   प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगी  उक्त सहयोग रकम बराबरको चेक प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरे  बाढी पहिरोबाट प्रभावित समुदायहरुलाई अत्यावश्यक राहत र सहायता प्रदान गर्ने उद्देश्यका साथ प्रदान गरेको उक्त  सहयोग बैंकको सामाजिक उत्तरदायित्व र सामुदायिक कल्याणप्रति आफ्नो प्रतिबद्धता भएको बैंकले जनाएको छ ।