शुक्रबार, कार्तिक ७ गते २०८३

कुकुरलाई 'डिस्टेम्पर', मानिसलाई निमोनिया र बादरलाई लुतोको जोखिम भए जस्तै विश्व बामपन्थी राजनीति एउटा गंभीर रोगको शिकार हुने गरेको छ

आश्विन २०, २०७८ बुधबार
कुकुरलाई 'डिस्टेम्पर', मानिसलाई निमोनिया र बादरलाई लुतोको जोखिम भए जस्तै विश्व बामपन्थी राजनीति एउटा गंभीर रोगको शिकार हुने गरेको छ

समाजबादी राजनीतिका पक्षधर बामपंथी युवाहरुले सन १८५० तिरको जर्मनीको बामपन्थी आन्दोलनको इतिहास राम्रो संङ्ग अध्यन गरे अहिले नेपालको बामपंथी आन्दोलनमा देखिएका प्रवृत्ति के कारणले देखिएका हुन भन्ने खुट्याउन सक्ने छ्न। हुन त मार्क्स र एङ्गेल्सले बेलायतमा पहिला क्रान्ति सम्पन्न हुने अनुमान गरिरहेका थिए, किनकि त्यहाँ औद्योगिक मज्दुरहरुको ठूलो संख्या तयार भएको थियो। बृटिस पुंजीपतीको शोषण चर्को थियो। अमेरिकी इतिहासकार विल डुराण्टले त्यसकाे राम्राे विवरण लेखेका छ्न् त्यस शोषणका बारेमा। अझ एडाम स्मिथले त "उनीहरुको प्रवृत्तिलाई "दुष्ट कथ्य" "भाइल मेक्सीम" भन्दै "यी दुष्ट मालिकहरु "सबैको कमाइ र सम्पत्ति हाम्रै हो" भन्ने मान्यता राख्छ्न् भनेर आफ्नो रीस पोखेका छ्न।
तर बामपंथी आन्दोलनको केन्द्र चैं बेलाएत होइन जर्मनी बन्यो। लेबर यूनियनका नामले मज्दुरहरु राजनीतिक शक्तिका रुपमा उदाए र  बलपूर्वक बामपंथी सत्ता स्थापना गर्ने रणनीतिक योजना बनाउन थाले।
१. कुकुरलाई 'डिस्टेम्पर', मानिसलाई निमोनिया र बांदरलाई लुतोको जोखिम भए जस्तै विश्व बामपंथी राजनीति एउटा गंभीर रोगको शिकार हुने गरेको छ, त्यो हो पलायनबादी नियतमा मौलाउने अवसरबाद।जब लेवर यूनियन शक्तिशाली बन्दैगयो, इडुवार्ड बर्न्सटीन भन्ने एक बुद्धिजीवीले घोषणा गरे "बामपंथीहरुले सत्ताका लागि बलपूर्वक संघर्ष गर्नै पर्छ भन्ने छैन, संसदीय निर्वाचनबाट पनि समाजबादको निर्माण गर्न सकिन्छ।" बामपंथी पार्टीमा अवसरको ताक पर्खेर बसेका दोग्ला मानिस धेरै हुन्छ्न, र बर्न्सटीन त्यस्तै एक थिए।
२. तर पुंजीपतिले बामपन्थी शक्तिलाई शुरुदेखि नै शत्रुताका नजरले हेर्यो । त्यसैले बर्न्सटीनको गफ भन्दा फरक जर्मन सत्ताले सोसिएल डेमोक्रेटिक पार्टीमाथि प्रतिबन्ध लगाइदियो। नेपालको बामपंथी  राजनीतिमा बर्न्सटीन प्रवृत्ति अहिले व्यापक छ। सबै बामपंथी  पार्टीमा बर्न्सटीनहरु व्यापक छ्न। उनिहरुले बामपंथी पार्टीहरुलाई अत्यन्त कमजोर बनाएका छ्न। उनिहरु सत्तामा पुगेर कमाउन र राज्यका श्रोत को दोहोन गर्ने छ्दम नियतले राजनीति गरीरहेका छ्न। अत: उनिहरु फेरि पनि कम्युनिस्ट पार्टीका नाममा सत्तामा पुग्लान, तर उनिहरुले समाजबादको होइन नवउदारबादको एकलौटी  सेवा गर्ने छ्न भनी दावी गर्न सकिन्छ।बामपंथी राजनीति अब बिचारधारा होइन ब्रान्ड बनेको छ। यदि यस्को पुनःस्थापन र पुनर्जागरण गर्न युवाहरु अगाडि आएनन र झोले भएर नेताको भक्तिभावमा मात्र सीमित रहे भने नेपालको बामपंथी आन्दोलन बिसर्जन हुनेछ।
३. बर्न्सटीनको अपराधका वाव्जुद जर्मनीमा जनताले बामपंथी राजनीतिको संरक्षण गरे। सन १९१२मा सोसीयल डेमोक्रेटिक पार्टीले एकतिहाइ मत प्राप्त गर्यो डाइटमा। तर त्यसले सन१९१४ मा युद्धका लागि ॠण उठाउने प्रस्तावलाई समर्थन गर्यो, परिणामस्वरुप पहिलो बिश्वयुध्द शुरु भयो। बामपंथी पार्टी भित्र साम्राज्यवादका एजेन्टहरूको धुसपैठ व्यापक भएको थियो, जसरी अहिले नेपालमा अमेरिकी मिसनको समर्थन गर्ने मानिसको ठूला राजनीति दलमा राम्रो पकड छ। ।अहिले नेपालका बामपंथी दलहरुले पश्चिमी शक्तिका पछाडि लागेर नवउदारबादको झोला बोकेजस्तै जर्मन बामपंथी शक्तिले पनि साम्राज्यवादको सेवा गर्यो र पतन भयो।
४. यहि प्रस्तावले जर्मन सोसियल डेमोक्रेटिक पार्टी फुट्यो। कार्ल काउट्स्की प्रजातान्त्रिक समाजबादको पक्ष र रोजा लक्जेम्बर्गले स्पार्टाकस लिग बनाइन, जो पछी जर्मन कम्युनिस्ट पार्टी भयो। अन्तत जर्मनीमा बर्न्सटीन र काउट्स्कीका पलायनबादी अवसरबादले बामपंथी आन्दोलन सकियो। नेपालमा  अहिले बामपंथी राजनीति होइन बर्न्सटीन काउट्स्कीको बोलाबाला छ।यो दक्षिणपन्थलाई युवा बामपंथीहरु मलामी भएर सहयोग गरीरहेका छ्न्।
६. यो किसिमको बामपंथी राजनीतिले नत देशभक्ति बोक्न सक्छ नत बिकासको नेतृत्व गर्न र नत समानताको पक्षपोषण गर्न सक्छ। यस्को चरित्र मकारी गर्नु, धन जोड्नु, संसदका बिकृतिलाई जेगर्ना गर्नु र सत्ताका लागि अंगार खान  पनि तयार हुने खालको हुन्छ। 
अहिले विश्व झन अन्यायपूर्ण बनेको छ। पश्चिमी पुंजीबाद लम्पट बनेको छ। अहिले धन र आम्दानीमा धनी र गरीब बिचको खाडल अत्यन्त ठूलो भएको छ, खासगरी पश्चिमा देशहरुमा। चार बिलिएन ५० करोड मानिसको भन्दा एउटा सानो धनीहरुको समूहको  सम्पत्ति धेरै छ। गरीबहरुमाथि करको भार धेरै छ जबकि धनीहरुलाई करमा छुट दिइएको छ। अमेरीका र पश्चिमी पुजींबादी देशहरु भूमण्डलिकरणा आफ्नो नियन्त्रणमा राख्न चाहन्छ्नू। उनिहरुका सत्तामा एडाम स्मीथले भनेका संसारका मालिक हुन चाहनेको अधिन छ। बिज्ञहरुको सरकारका नाममा जनादेशलाई वा जनताको पपुलर पार्टीसिपेसनलाई परास्त गरिएको छ। अमेरीकामा जनमतको प्रतिनिधित्व गर्ने राजनिती शक्ति छैन। उस्को सुरक्षा नीति भनेको धनाढ्यहरुको संसारको श्रोत र बजारलाई नियन्त्रणमा राख्ने स्वार्थको प्रतिनिधि मात्र हो। 
यो अत्यन्त दुराबस्थामा नेपालको दुबैखाले समाजबादी शक्ति परास्त हुने अवस्थामा छ। त्यसकाे तात्पर्य हो नेपालमा बिदेशी दलाल पुंजीबाद र घरेलु दलालहरुको सहयोगमा जनबिरोधी शासनको स्थापना। त्यो त नेपालका सबै ठाँउमा बिजुली पुर्याएर नेपालीहरुको उत्पादनलाई प्रबर्द्धन गर्ने होइन, बिजुलि बेच्ने नाममा नेपालको उर्जामा दलालहरुको हक स्थापित गर्ने संझौता पक्षमा पार्टीहरु लागेबाटै प्रष्ट  देख्न सकिन्छ।

साभार - संग्राैलाजीकाे मुहारपुस्तिका