शनिबार, कार्तिक ८ गते २०८३

नेपाल मर्चेन्ट बैंकर एसोसिएसनमा नयाँ कार्य समिति चयन

आश्विन १६, २०८१ बुधबार
नेपाल मर्चेन्ट बैंकर एसोसिएसनमा नयाँ कार्य समिति चयन


नेपाल मर्चेन्ट बैंकर एसोसिएसनले  १५ औं वार्षिक साधारण सभा  सम्पन्न गरेको छ । उक्त सभाले रामेन्द्र रायमाझीको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको जनाएको छ ।

एसोसिएसनको उपाध्यक्षमा मनिस नारायाण जोशी,महासचिवमा निर्मल भट्टराई र कोषाध्यक्षमा शिवान्त बहादुर पाण्डे चयन  भएका छन् । त्यसैगरी सदस्यहरुमा  सन्दीप काकी,लेखनाथ पोखरेल र पुष्पा शर्मा चयन भएका छन् । विभिन्न मर्चेन्ट बैंकिङका प्रतिनिधिहरू सामेल  रहेको उक्त नयाँ कार्यसमिति सदस्यहरु नेपालमा मर्चेन्ट बैंकिङको भूमिकालाई प्रवर्धन गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

उक्त समितिको मुख्य ध्यान पूँजी बजारको पहुँचमा सुधार, दिगो वित्तीय अभ्यासलाई प्रोत्साहन तथा नियामक निकायहरूसँग सम्बन्ध मजबुत पार्नेमा केन्द्रित रहनेछ ।उक्त सभाको निर्वाचन प्रक्रिया सकारात्मक र सहकार्यपूर्ण वातावरणमा सम्पन्न भएको थियो जसले संघको एकता र भविष्यप्रतिको साझा दृष्टिकोणलाई झल्काएको छ । नव निर्वाचित समितिले वित्तीय क्षेत्रका सरोकारवालाहरू र नियामक निकायहरूसँग नेपाल मर्चेन्ट बैंकर एसोसिएसनको सहकार्यलाई अझ बलियो बनाउन लक्ष्य राखेको छ ।