आइतबार, आश्विन १८ गते २०८३

जनबादी गणतन्त्र चीनको राष्ट्रिय दिवस अक्टाेम्बर १ हीरकाेेत्सबलाई राष्ट्रपति शीको महत्वपूर्ण सम्बोधन


आश्विन १५, २०८१ मंगलबार
जनबादी गणतन्त्र चीनको राष्ट्रिय दिवस  अक्टाेम्बर १ हीरकाेेत्सबलाई राष्ट्रपति शीको महत्वपूर्ण सम्बोधन

चिनियाँ राष्ट्रपति सी चिनफिङले चिनियाँ जनताले थप उल्लेखनीय उपलब्धि हासिल गर्ने र शान्ति र मानवताको विकासको महान् उद्देश्यमा ठूलो योगदान गर्ने बताएका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव एवं केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहनुभएका सीले जनवादी गणतन्त्र चीन स्थापनाको ७५औँ वार्षिकोत्सवका अवसरमा बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो ।

dimond jubleeprc.jpg
ली कियाङले स्वागत समारोहको अध्यक्षता गरेका थिए । झाओ लेजी, वाङ हुनिङ, काई क्वी, दिङ जुक्सियाङ, ली सी र हान झेङगरी करिब तीन हजार चिनियाँ तथा विदेशी पाहुनाको सहभागिता रहेको थियो ।
आफ्नो सम्बोधनमा चिनीया राष्ट्रपति शी जिनपिड्रगले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समिति र राज्य परिषद्का तर्फबाट सर्वप्रथम चीनका सबै जातीय समूहका जनता, चिनियाँ जनमुक्ति सेना र सशस्त्र प्रहरी बलका अधिकारी र सिपाहीहरू तथा अन्य राजनीतिक दल र दलगत आबद्धता नभएका व्यक्तिहरूप्रति उच्च श्रद्धाञ्जलि अर्पण गरे।
त्यस सम्बोधनमा शीले हङकङ र मकाउका विशेष प्रशासनिक क्षेत्र, ताइवानका साथै प्रवासी चिनियाँहरूलाई हार्दिक बधाई ज्ञापन गरे। उनले जनगणतन्त्र चीनको विकासमा चासो र सहयोग गर्ने मित्रराष्ट्र र अन्तर्राष्ट्रिय मित्रहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गरे।
नयाँ युगको नयाँ यात्रामा पार्टी र देशको केन्द्रीय कार्यभार चीनलाई एक सबल मुलुकका रुपमा निर्माण गर्नु र चिनियाँ आधुनिकीकरणलाई पछ्याउँदै सबै मोर्चामा राष्ट्रिय कायाकल्प हासिल गर्नु रहेको शीले बताए ।
यस अभूतपूर्व महान् कार्यलाई निरन्तर अगाडि बढाउनु नै जनगणतन्त्र चिनको वार्षिकोत्सव मनाउने सबैभन्दा उत्तम तरीका हो, उनले जोड दिए।
चिनियाँ आधुनिकीकरणलाई अगाडि बढाउन समग्र नेतृत्व प्रयोग गर्न र सबै पक्षको प्रयासलाई समन्वय गर्न, चिनियाँ विशेषतासहितको समाजवादको मार्गनिर्वाध रुपमा अनुसरण गर्न, सुधारलाई गहन बनाउन र खुलापनविस्तार गर्न, जनकेन्द्रित दृष्टिकोण कायम गर्न र शान्तिपूर्ण विकासप्रति प्रतिबद्ध रहन पार्टीको मूल भूमिकालाई सदैव कायम राख्न आवश्यक रहेको शीले जोड दिए ।
राष्ट्रपति शीले एक देश, दुई प्रणालीको नीतिलाई पूर्ण, निष्ठापूर्वक र दृढतापूर्वक कार्यान्वयन गर्ने महत्वमा जोड दिए, जसअन्तर्गत हङकङका जनताले हङकङको प्रशासन गर्छन् र मकाउका जनताले मकाउको प्रशासन गर्छन्।
उनले हङकङ र मकाउमा दीर्घकालीन समृद्धि र स्थिरता सुनिश्चित गर्न र अगाडि बढाउन प्रयास गर्न पनि आह्वान गरे।
'ताइवान चीनको भूभागको अभिन्न अङ्ग हो', शीले भने, आर्थिक र सांस्कृतिक आदानप्रदानलाई अझ प्रगाढ बनाउने प्रयास गर्न आग्रह गर्दछु।