शुक्रबार, कार्तिक ७ गते २०८३

गोर्खाज फाइनान्सकाे साधारण सभाले चुन्याे नयाँ सञ्चालक समिति 

आश्विन १९, २०७८ मंगलबार
गोर्खाज फाइनान्सकाे साधारण सभाले चुन्याे नयाँ सञ्चालक समिति 


गोर्खाज फाइनान्सको २६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाबाट कम्पनीको नयाँ सञ्चालक समिति चयन भएको छ । संस्थापक शेयरधनीका तर्फ प्रेम बहादुर सापुङ, डेकिन्द्र कुमार राई, कर्ण बहादुर राई, तथा साधारण शेयरधनीका तर्फबाट रेसु अग्रवाल, नरेन्द्र कुमार अग्रवाल र गौरव बुढाथोकी सञ्चालक चयन भएका छन् । त्यसैगरी स्वतन्त्र सञ्चालकमा प्रद्युम्न कुमार भट्टराई रहेका छन् ।

फाइनान्सले निशुल्क डेविट कार्ड, ईन्टरनेट बैंकिङ, एबीबीएस सेवा, चेक बुक, कनेक्ट आई.पि.एस. तथा रेमिट्न्स जस्ता सेवासुविधा दिँदै आएको छ ।

फाइनान्सका शाखाहरु रवि, विर्तामोड, दमक, ईटहरी, धरान, भेडेटार धनकुटा, भोजपुर, छप्रादी सिराहा, बनेपा, विरगञ्ज, नारायणघाट, पोखरा, लखनचोक वुटवल, विजौरी दाङ, नेपालगञ्ज सुर्खेत, चौमाला कैलाली, बेलटार उदयपुर, हेटौडा,सर्लाही तथा काठमाण्डौ उपत्यका भित्र डिल्लीबजार, बौद्व, गोंगबु, न्युरोड, सातदोबाटो र भक्तपुर २६ वटा रहेको छन् भने र एउटा एक्टेनशन काउन्टर सञ्चालनमा रहेको छ ।