शुक्रबार, कार्तिक ७ गते २०८३

एनआईएमबीका ग्राहकले दुसित थानी रिसोर्टमा १५ प्रतिशत छुट पाउने

आश्विन ११, २०८१ शुक्रबार
एनआईएमबीका ग्राहकले दुसित थानी रिसोर्टमा १५ प्रतिशत छुट पाउने

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) का ग्राहकहरुलाई दुसित थानी हिमालयन रिसोर्टमा आकर्षक छुट दिइने भएको छ ।  दुई पक्षबीच भएको सम्झौता अनुसार धुलिखेलमा रहेको दुसित थानी हिमालयन रिसोर्टमा उपलब्ध हुने फुड एन्ड वेभरेज, स्पा लगायत सेवामा एनआईएमबीका ग्राहकलाई १५ प्रतिशतसम्म छुट दिइने भएको हो । 

उक्त छुट लिनका लागि ग्राहकले एनआईएमबीको डेबिटरक्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट एप ९मोबाईल बैंकिङ० मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ । बैंकले आफ्ना ग्राहकलाई डिजिटल माध्यम प्रयोग गरी भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधाहरु दिँदै आएको छ । छुटको विवरण बैंकको आधिकारिक वेवसाइटमा पनि उपलब्ध छ ।

  • सम्बन्धित विषय:

  • # नेपालपत्र संवाददाता