काठमाडौँ, नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृतमा मनोज घिमिरे नियुक्त हुनु भएका छन् । प्रमुख कार्यकारी अधिकृत घिमिरेले कम्पनीका अध्यक्ष रविन कुमार नेपाल समक्ष पद तथा गोपनियताको शपथ लिएका छन् ।
बैंक अफ एशिया ९हालको एन आई सी एशिया बैंक० बाट आफ्नो बैकिङ्ग करियर सुरुवात गरेका घिमिरे यस भन्दा अघि लक्ष्मी सनराइज बैंकमा प्रमुख कार्ड सर्भिस्को रुपमा कार्यरत थिए।
बैंकिङ्ग तथा डिजिटल भुक्तानी –कार्ड ,क्युआर मोबाइल बैंकिङ्ग– इत्यादि मा १५ बर्ष भन्दा लामो अनुभव भएका घिमिरेको कार्यदक्षता, अनुभव र लगनशीलताले कम्पनीलाई अझै उचाईमा लैजाने विश्वास लिएको कम्पनीका अध्यक्ष नेपालले बताए । डिजिटल भुक्तानीको क्षेत्र वृद्धि हुने क्रममा रहेको र एससिटीले यो क्षेत्रमा पुर्याउन सक्ने योगदान धेरै रहेकोले आफु एससिटीको प्रमुख कार्यकारी अधिकृत भएर काम सुरु गर्न पाएकोमा निकै उत्साहित रहेको नवनियुक्त कार्यकारी अधिकृत घिमिरेले बताए ।
बिगत २० वर्ष देखि डिजिटल भुक्तानीमा गुणस्तरीय सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिजले भुक्तानी कार्ड, क्युआर,मोबाइल बैंकिङ्ग र अन्तर बैंक भुक्तानीका सेवाहरु प्रदान गर्दै आई रहेको छ ।
नेपालपत्र संवाददाता