आइतबार, आश्विन १८ गते २०८३

मुलुकको अर्थतन्त्र सुधारोन्मुख, आर्थिक वृद्धिदर ४ प्रतिशत नजिक पुग्ने


आश्विन ९, २०८१ बुधबार
मुलुकको अर्थतन्त्र सुधारोन्मुख, आर्थिक वृद्धिदर ४ प्रतिशत नजिक पुग्ने

 एसियाली विकास बैंक (एडीबी)ले नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको जनाएको छ ।  आज एसियन डेभलपमेन्ट आउटलुक सार्वजनिक गर्दै एडीबीले सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत पुग्ने उल्लेख गरेको छ ।  

कृषि उत्पादन, पर्यटक आगमनमा सुधार र विद्युत उत्पादनमा भएको वृद्धिसहितका कारणले जीडीपीमा सकारात्मक वृद्धि हुने अनुमान  एडीबीको  छ । एडीबीले  सन् २०२५ मा अर्थतन्त्रमा अझै सुधार हुने अनुमान  गरेको छ । सो वर्ष ४.९ प्रतिशतको वृद्धिदर प्राप्त हुने अनुमान एडीबीको छ । अप्रिलको प्रक्षेपणमा ४.८ प्रतिशतको वृद्धिदर प्राप्त हुने अनुमान गरिएको थियो ।

सन् २०२३ मा २ प्रतिशतले मात्र अर्थतन्त्र विस्तार भएको थियो । दक्षिण एसियाली  क्षेत्रमा सन् २०२४ मा ६.३ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान गरिएको छ ।