शनिबार, आश्विन १७ गते २०८३

बाणिज्य विभागले शुरु गर्‍यो बजार अनुगमन

आश्विन १९, २०७८ मंगलबार
बाणिज्य विभागले शुरु गर्‍यो बजार अनुगमन

सरकारले चाडपर्वलाई लक्षित गर्दैआजबाट बजार अनुगमन शुरु गरेको छ । वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज चाडपर्वलाई लक्षित गरी  काठमाडौंको न्यूरोड र मख्खनगल्लीमा अनुगमन गरेको हो। 

विभागले न्यूरोड र मख्खनगल्लीमा ७ वटा भन्दा धेरै पसलहरुमा अनुगमन गरेको हो । पसलहरुले बिक्री गरिरहेका लत्ताकपडा तथा खाद्य सामग्रीहरुको अनुगमन गरेको र  अनुगमनमा मुख्य समस्याहरु खरिदबिक्री बिलको रहेको पाईएको छ। उ तीन जनालाई तत्काल जरिबाना गरेको र अन्य तीन जनालाई विभागमा बोलाइएको छ । 

पसलमा मुख्य व्यापारी नभएकोले तीन दिनभित्र विभागमा उपस्थित हुनुपर्ने भनिएको र  बजार अनुगमनलाई अझ तिब्रता दिने विभागको तयारी छ ।