शनिबार, आश्विन १७ गते २०८३

आइएमई गरेकी प्रमिला रोकायाले जितिन १ करोड रुपैयाँ


आश्विन ८, २०८१ मंगलबार
आइएमई गरेकी प्रमिला रोकायाले जितिन १ करोड रुपैयाँ

विदेशमा कमाएको रकम आइएमई गरेकी भाग्यशाली सेवाग्राही प्रमिला रोकायाले  १ करोड रुपैयाँ नगद जितेकी छन् ।  जापानको क्योदाइबाट रोकायाले आइएमइ मार्फत रकम पठाएकी थिइन् । 

काठमाण्डौंमा आयोजित एक कार्यक्रममा आइएमई ब्राण्ड एम्बेसडर दीपाश्री निरौलाले सार्वजनिक रूपमा लक्की ड्र मार्फत भाग्यशाली सेवाग्राहीको नम्बर छनोट गरेकी थिइन् । 

आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले भाग्यशाली सेवाग्राही रोकायलाई बधाई ज्ञापन गर्दै आइएमई प्रति विश्वास गरेकोमा आभार व्यक्त गरे।

आइएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम(रेमिटेन्स मार्फत रकम पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले  गत वर्षको दशैं अगाडि सुरु गरेको ‘आइएमई गरौँ, उद्यमी बनौं’ योजना अन्तर्गत साेमबार भाग्यशाली सेवाग्राहीको छनोट भएको हो । 

आइएमई एक वर्ष अघि विदेशमा कमाएको रकम औपचारिक माध्यम आइएमई गरी रकम पठाउने सेवाग्राहीहरु मध्ये एक जनाले १ करोड रुपैयाँ नगद जित्ने अफर सार्वजनिक गरेको थियो । सँगसगै प्रत्येक महिना एक जनाले १ लाख नगद रुपैयाँ प्राप्त गरेका थिए ।  

आइएमई गरी आइएमई पे वालेट, बैङ्क खातामा जम्मा गर्ने तथा आइएमई काउन्टरमा  रकम पठाउने सेवाग्राहीहरु यो योजनामा सहभागी थिए । आइएमई वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीलाई औपचारिक माध्यमबाट रकम पठाउन यो योजनाले उत्प्रेरकको रूपमा यो अफर ल्याएको थियो ।  

आजै आइएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम रेमिटेन्स मार्फत रकम पठाउन र रेमिट मार्फत प्राप्त रकम उद्यमशिलता लगाउन प्रोत्साहन गर्ने उद्देश्यले ‘आइएमई गरौँ, उद्यमी बनौं’ योजना   पनि सार्वजनिक गरेको छ । 

यो योजनामा आइएमई गरी रकम पठाउने सेवाग्राहीहरुको ‍३ जनाले  उद्यमशील बन्न सहयोग पुग्ने गरी  दोस्त पिक अप ट्रक जित्ने छन् । सँगसँगै पहिलो तिन महिना असोज सात गते देखि मंसिर मसान्त सम्म प्रत्येक दिन, प्रत्येक हप्ता र प्रत्येक महिना एक एक जनाले आकर्षक उपहार जित्नेछन् । संगै हरेक तिन तिन महिनामा बम्पर उपहार समेत  जित्न सक्नेछन्  ।