लता मंगेशकर (१९२९–२०२२) भारतीय उपमहाद्विपकी सबभन्दा लोकप्रिय गायिका हुन् । यिनी ६ दशकभन्दा पहिलेदेखि गायनको क्षेत्रमा आफ्नो कोकिल–कण्ठले स्रोतालाई मन्त्रमुग्ध बनाउँदै आएकी थिइन् । यिनले ३६ भाषाका फिल्मी वा गैरफिल्मी गीत गाएकी छन् । गायिका आशा भोंसले उनैकी बहिनी हुन् । कुन्दनलाल सहगलको एउटा फिल्म ‘चण्डीदास’ हेरेपछि उनले आफू पनि बयस्क भएपछि फिल्ममा गीत गाउने अठोट लिएकी थिइन् ।
लताको जन्म मराठी पिता दीनानाथ मंगेशकर र गुजराती आमा शेवन्ती (नाम हेरफेर गरेर सुधामति भन्न थालिएको) बाट आज मध्यप्रदेशमा पर्ने इन्दौरमा भएको हो । उनका पिता थिएटरका अभिनेता र शास्त्रीय गायक थिए । लताका मावली हजुरबा ठूला ब्यापारी र जमिन्दार थिए । लताकी आमा पिताकी दोस्री पत्नी हुन् । पहिली पत्नीको देहान्त भएपछि दीनानाथले उनकै बहिनी सुधामतिलाई विवाह गरे।सहोदर बहिनी र भाईमा आशा भोँसले, हृदयनाथ मंगेशकर, उषा मंगेशकर र मीना मंगेशकर छन् । लता १३ वर्षको उमेरमा पिताको हृदयरोगबाट निधन भएपछि मंगेशकर परिवारका साथी विनायक दामोदर कर्णाटकी (मास्टर विनय) ले लतालाई गायनको क्यारियरमा लगाएका थिए ।
लताले आजसम्म कति गीत गाएकी छन्, यकिन छैन । गिनिज बुक्स् अफ् वल्र्ड् रेकर्डमा १९७४ मा विवाद उठ्यो । १९४७ देखि १९७४ सम्म लताले २८ हजार गीत गाएको अनुमान गरेर गिनिजले विश्वमा सबभन्दा धेरै गीत रेकर्ड गराउने उनैलाई ठहरायो, यद्यपि उनले कति गीत गाइन्, उनैलाई यकिन छैन ।जानकारहरू लताले नेपाली, हिन्दी, मराठी लगायतका ३६ भन्दा धेरै भाषामा ५० हजार गीत गाएको बलियो अनुमान लगाउँछन्। उनले भारतभित्रका ‘भारत रत्न’ देखि कुनै राष्ट्रिय पुरस्कार र सम्मानसम्म पाउन बाँकी छैन । उनले १९४२ देखि १३ वर्षकै उमेरमा मराठी भाषाको गानाबाट आफ्नो गायन यात्रा शुरु गरेकी थिईन् ।
लताजी अविवाहित थिईन्, तर राज सिंह दुगडपुर नामक एक राजपरिवारका सदस्य र खेलाडीसँग र असमका प्रख्यात गायक भूपेन हजारिकासँग विहे हुने सम्भावना भएको तर अनेक कारणवश टरेको यथार्थलई जानकारहरू उपेक्षा गर्दैनन् । लता गीत गाउँदा नाङ्गै खुट्टाका साथ गाउन चाहन्थिन् । १९८० देखिचाहिँ उनी फिल्ममा कमै गाउँथिन्, स्टेज शोहरूमा प्रस्तुति दिन रुचाउँथिन् ।लामो बिमारीपछि, आईतबार २३ माघ २०७८ का दिन सरस्वती पूजा को अवसर बीच सरस्वती देवी लताको निधनभयो । भारतले राष्ट्रिय सम्मानका साथ सोही दिन मुम्बईमा अन्त्येष्टि गर्यो ।२ दिन राष्ट्रिय शोकको घोषणा गर्यो। उनको निधनसँगै हिन्दी संगीत जगतमात्र होईन समग्र संगीत संसारमा एउटा युगको अन्त्य भयो । भावपूर्ण श्रद्धासुमन लताजी ।
लताको माथिको भनाई २०१३ नोभेम्बर १३ का दिन प्रकाशित ‘सन्डे इन्डियन’ बाट लिइएको हो ।
चन्द्रमणि गाैतम