दसैंमा सरकारले १८ सय खसी, बोका र च्याङ्ग्रा बेच्ने भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँका लागि जिउँदो खसी बोका र च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ छुट समेत दिने भएको छ । कम्पनीले १५ सय खसी बोका र तीन सय च्याङ्ग्रा बेच्ने लक्ष्य राखेको छ ।
उपत्यका आसपासका क्षेत्रका साथै मकवानपुर, तुलसीपुर, मुस्ताङबाट खसी बोका र च्याङ्ग्रा ल्याइने र कम्पनीको प्रादेशिक कार्यालय थापाथली, काठमाडौँ परिसरबाट खरिद गर्न सकिने छ । घटस्थापनाको आसपासदेखि कम्तीमा नवमीको दिनसम्म खसी बोका र च्याङ्ग्रा विक्री गर्ने कमपनीले जनाएको छ ।
नेपालपत्र संवाददाता