काठमाडौं । मंसिर १६ गतेका लागि तय गरिएको स्थानीय तहको उपर्निवाचनका लागि निर्वाचन आयोगलले कार्यतालिका बनाएको छ ।
कार्यतालिका बमोजिम निर्वाचन प्रयोजनका लागि राजनीतिक दलको दर्ताको सूचना अशोज ९ मा प्रकाशन हुनेछ । अशोज १० देखि १६ गते सम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न समय दिइनेछ ।
त्यसैगरी, अशोज २० गते दल दर्ता स्वीकृत गर्ने, निर्वाचन सम्बन्धि निर्देशिका, कार्यविधी, मापदण्ड तथा आचारसंहिता तयारी गर्ने, निर्वाचन सामाग्री, जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा, तालिम तथा क्षमता विकास लगायतका कार्यक्रम संचालन गरिनेछ ।
कार्तिक २६ मा मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तथा मतदान स्थल निर्धारण गर्ने, कार्तिक ३० मा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, मंसीर २ गते देखि निर्वाचन कार्यक्रम संचालन गरी मंसीर १६ मा मतदान गर्ने लगायतका ६२ वटा क्रियाकलाप सहितको कार्यतालिका स्वीकृत भएको निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद सापकोटाले जानकारी दिएका छन् ।
नेपालपत्र संवाददाता