आइतबार, आश्विन १८ गते २०८३

गरिमा विकास बैंकको  नायब प्रमुख कार्यकारी अधिकृतमा अनिल रेग्मी


आश्विन १, २०८१ मंगलबार
गरिमा विकास बैंकको  नायब प्रमुख कार्यकारी अधिकृतमा अनिल रेग्मी

 गरिमा विकास बैंककासञ्चालक समितिको बैठकले अनिल रेग्मीलाई  बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त  गरेको छ ।  बैंकको सञ्चालक समितिले विगत २ वर्षदेखि सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत चार्टड एकाउन्टेन्ट रेग्मीलाई आजदेखि लागू हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरको हो ।

नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत रेग्मी  २०८० चैत्र १५ गतेदेखि   बैंकको कम्पनी सचिवको जिम्मेवारी समेत सम्हाल्दै  आएका थिए । रेग्मीसँग तत्कालिन जनता बैंक लिमिटेड र तत्कालिन सेन्चुरी कमर्शियल बैंक लिमिटेडमा ११ वर्ष सहित बैंकिङ्ग क्षेत्रको व्यवस्थापन तहका रही करिब १३ बर्ष कार्य गरको अनुभव रहेको  छ ।

बैंकिङ्ग क्षेत्रमा प्रवेश गर्नुपूर्व लेखापरीक्षण तथा कन्सल्टेन्सी पेशामा आवद्ध रहेका  रेग्मीसंग बैंकिङ्ग लगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुको लेखापरीक्षण कार्य गरको अनुभव समेत रहेको छ । 

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा  एटिएम मार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको छ ।