निर्वाचन आइेगले विभिन्न रिक्त स्थानमा प्रतिनिधि चयन गर्न मंसीर १६ गते निर्वाचन गर्न सुझाएको छ । तग २०७९ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात् देशभरबाट विभिन्न कारणले विभिन्न जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ३ र वडा अध्यक्ष ९ तथा नगरपालिका प्रमुख १, उपप्रमुख १ र वडा अध्यक्ष २१ गरी देहायका जम्मा ३९ स्थान रिक्त रहेका छ्न् ।
ती पदहरूमा २०८१ मंसिर १६ गते आइतबार उपनिर्वाचन सम्पन्न गर्नेगरी मिति तोक्न आयोगले नेपाल सरकारलाई सुझाव दिएको हो। नेपालको संविधान तथा स्थानीय तह निर्वाचन ऐन, २०७३ बमोजिम जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र नगरपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा र एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा बाँकी अवधिका लागि रिक्त पदको पूर्ति उपनिर्वाचनद्वारा हुनेछ व्यवस्था छ । उपनिर्वाचन हुने मिति निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले तोक्नेछ भन्ने व्यवस्था ऐनमा रहेको छ ।