शनिबार, कार्तिक ८ गते २०८३

कुमारी बैंकद्वारा १० लाख रुपैयाँ बीमा भुक्तानी


भाद्र ३०, २०८१ आइतबार
कुमारी बैंकद्वारा १० लाख रुपैयाँ बीमा भुक्तानी

कुमारी बैंकले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत खाताका हकवालालाई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ ।भरतपुर महानगरपालिका वडा नं. २, चितवन निवासी निज खाता धारक सुस्मा श्रेष्ठको दुर्घटनामा परी मृत्यु भएपछि उनका श्रीमान ईन्द्र नारायण श्रेष्ठलाई बीमा वापतको १० लाख रकम हस्तान्तरण गरिएको थियो । 

उक्त रकम कुमारी बैंक लिमिटेडको पोखरा बसपार्क शाखाबाट हस्तान्तरण गरिएको थियो । सानिमा जिआईसी इन्स्योरेन्सबाट बीमा दाबी रकम प्राप्त भएपछि कुमारी बैंक लिमिटेड मार्फत सो रकम भुक्तानी गरिएको थियो । कुमारी बैंकले कुमारी परिवार सुरक्षा बचत खातामा आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको छ । यस खातामा खातावाला सहित परिवारका चार जना सदस्यहरुले २६ लाख रुपैयाँ सम्मको बीमा सुविधा प्राप्त गर्न सकिन्छ ।

सो खातामा आकस्मिक दुर्घटना, मृत्यु, पूर्ण शारीरिक अशक्तता, चिकित्सा उपचार र घातक रोगहरुका लागि बीमा सुविधा प्रदान गरिन्छ । कुमारी बैंकले विगत ५ वर्षदेखि ग्राहकहरुको सुविधाका लागि परिवार सुरक्षा बचत खाता योजना मार्फत बीमा लगायत अन्य उत्कृष्ट सुविधा प्रदान गर्दै आएको छ ।