आइतबार, आश्विन १८ गते २०८३

आरविवि मर्चेन्ट बैंकिङ्गले १८ प्रतिशत लाभांश दिने


भाद्र २६, २०८१ बुधबार
आरविवि मर्चेन्ट बैंकिङ्गले १८ प्रतिशत लाभांश दिने

 
राष्ट्रिय वाणिज्य बैंकको शत् प्रतिशत लगानीमा स्थापित  आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट स्विकृति प्राप्त गरि  शेयर रजिष्ट्रार, लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूतिकर्ता, हितग्राही, धितोपत्र निष्काशन तथा बिक्रि प्रबन्धक, सामुहिक लगानी कोष योजना व्यवस्थापकको रुपमा कार्य गर्दै आएको छ।

यस कम्पनीको आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट कम्पनीको शेयरधनि  राष्ट्रिय वाणिज्य बैंक लिमिटेडलाई चुक्ता पुँजीको १८  प्रतिशतले हुन आउने रकम  तीन करोड साठ्ठी लाख रुपैंया  (कर सहित) नगद लाभांश वितरण गर्न कम्पनीको नवौं वार्षिक साधारण सभामा पेश गर्ने निर्णय भएको छ । यस कम्पनीले शेयरधनी  राष्ट्रिय वाणिज्य बैंक लिमिटेडलाई विगत वर्षहरु देखि नै लगातार नगद लाभांश वितरण गर्दै आएको छ । यस कम्पनी को अध्यक्षमा सरस्वती अधिकारी रहेको र प्रमुख कार्यकारी अधिकृतको रुपमा  बदि« प्रसाद प्याकुरेल कार्यरत रहेका छन् ।

राष्ट्रिय वाणिज्य बैंक लि. कोष प्रवद्र्धक रही यस कम्पनी योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको आरविवि म्युचुअल फण्ड अन्र्तगत सञ्चालित बन्दमुखी योजना आरविवि म्युचुअल फण्ड १ र आरविवि म्युचुअल फण्ड २ ले आ.व.२०८०/०८१ को लागी योजनाको इकाईधनीहरुलाई कर सहित क्रमश ३.८१ प्रतिशत र ८.७४ प्रतिशतका दरले योजनाको प्रतिफल वितरण गर्ने निर्णय भएको छ ।
 बैंकको देश भर रहेका २९४ वटा शाखा कार्यालयहरुबाट हितग्राही तथा मेरो शेयर खाता खोल्ने कार्य भैरहेको छ । कम्पनीले दुरदराजमा रहेका लगानीकर्तालाई हितग्राही खाता खोली लगानीको अवसर प्रदान गर्दै आइरहेको छ ।

आर्थिक वर्ष २०८०/८१ को मसान्त सम्ममा हितग्राही खाताको संख्यामा बृद्धि भै करिब दुई लाख पुग्न लागेको र  मेरो शेयरको ग्राहकको संख्या डेढ लाख माथी पुगेको छ । यस कम्पनीले १५ वटा कम्पनीहरुको शेयर रजिष्ट्रारको कार्य गर्दै आईरहेको छ ।