शनिबार, आश्विन १७ गते २०८३

व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सचेतनाका लागि पदयात्रा


भाद्र २४, २०८१ सोमबार
व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सचेतनाका लागि पदयात्रा

 

उद्योगी व्यवसायीहरुमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी सचेतना जगाउन नेपाल हस्तकला महासंघ र अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को संयुक्त तत्वावधानमा आइतबार ललितपुरमा पदयात्रा कार्यक्रम सम्पन्न भएको छ ।

बागमती प्रदेश सरकारका पूर्व उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारको प्रमुख आतिथ्यमा शुभारम्भ भएको पदयात्रामा नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले पदयात्रामा सहभागी हनु हुने सबैलाई स्वागत गर्दै व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको आवश्यकता महत्व बारेका प्रकाश पारेका थिए । 

उक्त कार्यक्रममा बागमती प्रदेश सरकारका निवर्तमान संस्कृति पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्य, ललितपुर महानगरपालिकाकी उपप्रमुख मन्जली शाक्य बज्राचार्य, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणाले आ–आफ्नो विचार राखेका थिए । 

उद्योग व्यवसायमा संचालनको क्रममा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी तोकिएको मापदण्ड पालना नगर्दा वर्षेनी ठुलो संख्यामा मानवीय क्षति हुने गरेको छ । यस सम्बन्धमा अन्तर्राष्ट्रिय श्रम संगठनले मापदण्ड तयार गर्नुका साथै उद्योग व्यवसायसँग सम्बन्धित विभिन्न संघ संस्था र ट्रेड युनियन अभियानसंग जोडिएका संघ संस्थाको सहयोगमा सचेतना फैलाउनुका साथै सचेतनाको क्रममा तालिम र गोष्ठी पनि आयोजना गर्दै आई रहेको छ ।

नेपाल हस्तकला महासंघ र अन्तर्राष्ट्रिय श्रम संगठनका बीचमा सन् २०१९ मा आपसी समझदारी भई व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी कार्यहरु अघि बढि रहेका छन् । कार्यक्रम अघि बढाउने क्रममा झण्डै १५०० जनालाई व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी तालिम प्रदान गर्नुका साथै सोत तालिम दिन अन्तर्राष्ट्रियस्तरका प्रशिक्षकहरु पनि तयार गरिएको महासंघले जनाएको छ।