शनिबार, आश्विन १७ गते २०८३

कान्तिपुर फर्मास्यूटिकल्सले ११ लाख कित्ता आइपीओ खुलाउँदै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल


भाद्र १८, २०८१ मंगलबार
कान्तिपुर फर्मास्यूटिकल्सले ११ लाख कित्ता आइपीओ खुलाउँदै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

 

कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडले सर्वसाधारणमा साधारण सेयर (आइपीओ) जारी गर्ने निर्णय गरेको छ । सेयर निष्काशनको प्रक्रिया अघि बढाउनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ ।

कम्पनीको कर्पोरेट कार्यालय ललितपुरमा आयोजित एक कार्यक्रमकाबीच कान्तिपुर फर्मास्यूटिकल्स ल्याबको तर्फबाट सञ्चालक नवराज पौड्याल र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्रध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

कम्पनीले जारी पूँजीको १४.८६ प्रतिशत अर्थात ११ लाख कित्ता साधारण सेयर सर्वसाधारणहरुलाई बिक्री गर्न लागेको हो । सन् २०१८ सालमा स्थापित भएको यस कम्पनीले भेटेरिनरी सम्बन्धी औषधीहरुको अनुसन्धान तथा आहारपुरक सप्लिमेन्टस् उत्पादन गर्दै बिक्री वितरण गरिरहेको छ ।