शनिबार, कार्तिक ८ गते २०८३

सानिमा बैंकले सिजी मोबाईलसँग सहकार्य गर्ने

भाद्र १७, २०८१ सोमबार
सानिमा बैंकले सिजी मोबाईलसँग सहकार्य गर्ने

सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न सिजी मोबाईलसँग   विशेष छुटको व्यवस्था गरेको छ । यस अन्तर्गत सानिमा डेबिट तथा क्रेडिट कार्ड मार्फत  सिजी  मोबाईल प्रा.ली मा सामान खरिद गरी डिजिटल भुक्तानी गर्दा ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गरेको छ ।

नोथिङ तथा  सिएमएफ ब्राण्डका मोबाइल फोनको खरिदमा ७.४ प्रतिशतसम्म तथा  इएर वड र अन्य एक्सेसरीजको खरिद गर्दा ९ प्रतिशतसम्मको छुट पाउन सक्नेछन् । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी   सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरु तथा १२४ वटा ए.टि.एमहरु संचालनमा रहेका छन् ।