नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार मध्यरातबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र मट्टितेल र डिजलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो । आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रति किलोमिटर ३७ डलर मूल्य घटाइएको । खाना पकाउने ग्यासको दर प्रति सिलिण्डर ३५रुपैयाँ ११ पैसाले बढेर आएको भएपनि निगमले साविककै मूल्यमा विक्रि वितरण गर्ने जनाएको छ ।
नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य अब काठमाडौँ, पोखरा र दिपायल क्षेत्रमा लिटरको १६३ रुपैयाँ पर्नेछ भने सुर्खेत र दाङ क्षेत्रमा १६२ र अरु क्षेत्रमा १६० रुपैयाँ ५० पैसा हुनेछ । त्यसैगरी डिजल र मट्टितेलको मूल्य काठमाडौँ र दिपायल क्षेत्रमा लिटरको १५४ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङ क्षेत्रमा १५३ रुपैयाँ र अरु क्षेत्रमा १५१ रुपैयाँ ५० पैसा पर्नेछ ।
नेपालपत्र संवाददाता