काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड धितोपत्र निष्काशन तथा विक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल नियुक्त भएको छ । लिबर्टीले जारी पुँजीको ३० प्रतिशतले हुन आउने रु. २२ करोड ५० लाख रकम बराबरको कूल २२ लाख ५० हजार साधारण शेयर निष्काशन गर्न लागेको हो । प्रति शेयर अंकित मूल्य १०० रुपैयाको दरमा सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि इन्स्योरेन्सले एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।
न्यून आय भएका एवं पिछडिएका क्षेत्रका बासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरुलाई लघु जीवन बीमा सेवा पु¥याउने लक्ष्यका साथ लिबर्टी माइक्रो लाईफले २०८० भाद्रमा लघु जीवन बीमकको इजाजत पत्र प्राप्त गरी मिति २०८० पौष ६ गते देखि औपचारिक रुपमा लघु जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आईरहेको छ ।
सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राम कुमार यादव र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाद्वारा हस्ताक्षर गरिएको छ ।
नेपालपत्र संवाददाता