काठमाडौं । जनसाधारणसँग सम्वाद् गर्ने भन्दै राष्ट्रपति रामचन्द्र पौडेलले हरेक महिनाको एक दिन सार्वजनिक स्थलमा पुग्ने योजना बनाएका छन्। ‘सार्वजनिक स्थलमा राष्ट्रपति’ भन्ने कार्यक्रम शुरु गरेका उनी शुक्रवारका दिन भक्तपुर दरबार स्क्वायरमा पुगे।
भक्तपुर दरबार स्क्वायरमा राष्ट्रपति पौडेलले सर्वसाधरणसँग भलाकुसारी समेत गरे । आम नागरिकको ठूलो बलिदानीबाट प्राप्त भएको गणतन्त्रको प्रतिफल नागरिकले पाउन नसकेको गुनासो गरेका थियो । राष्ट्रपति पौडेलले गणतन्त्रको प्रतिफल नागरिकहरूले पाउन नसकेको गुनासो शासन सञ्चालन गर्ने कार्यपालिका प्रमुखको ध्यानाकर्षण गराउने बताए । सार्वजनिक सेवामा सहज पहुँच पुग्न नसकेको, महंगीको मार थेग्न नसक्ने अवस्थामा पुगेको धेरैको गुनासो रहेको थियो ।
सांसद, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा सर्वसाधरणले उनकाे त्यहाँ स्वागत गरेका थिए । उनले भक्तपुर दरवार स्क्वायर क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर, भैरवनाथ मन्दिर तथा राष्ट्रिय कला संग्राहलय समेत त्यैबेला अवलोकन गरे ।
नेपालपत्र संवाददाता