शनिबार, आश्विन १७ गते २०८३

साउन महिनामा विद्युतीय सवारीको आयात दोब्बर


भाद्र ११, २०८१ मंगलबार
साउन महिनामा विद्युतीय सवारीको आयात दोब्बर

काठमाडौं । भन्सार विभागले चालु आवको पहिलो महिना साउनमा ३ सय ८१ विद्युतीय सवारीसाधन आयात भएको जनाएको छ । अघिल्लो वर्षको साउनमा जम्मा १ सय १० विद्युतीय सवारी साधन मात्र आयात भएका थिए । अघिल्लो आवको तुलनामा यो वर्ष यो संख्या दोब्बरभन्दा बढी हो । 

यता पेट्रोल इन्जिन भएका दुईपाङ्ग्रे सवारीसाधनको आयात पनि अघिल्लो वर्षको सोही अविधको तुलनामा झण्डै दोब्बरले बढेको छ । साउनमा कुल २१ हजार ३ सय ४३ पेट्रोलबाट चल्ने दुईपाङ्ग्रे सवारी आयात भएका छन्र जबकि गत वर्ष यस्तो संख्या १२ हजार थियो । यसले दुईपाङ्ग्रे सवारी साधनको बजारमा सुधार आएको सङ्केत यसले गर्छ ।

साउनमा २७४ पेट्रोलडिजेल इन्जिन सवारीसाधन आयात भएका छन् जबकि गत वर्ष यस्तो संख्या २९४ थियो।  गत वर्ष ११ भन्दा बढी सिट भएका माइक्रोबस बाहेक अन्य विद्युतीय सवारीसाधन १२ हजारभन्दा बढी विद्युतीय सवारी आयात गरिएको थियो ।