शनिबार, आश्विन १७ गते २०८३

साउन महिनामा वैदेशिक रोजगारमा गए ५९ हजार, सबैभन्दा बढी युएइमा


भाद्र ९, २०८१ आइतबार
साउन महिनामा वैदेशिक रोजगारमा गए ५९ हजार, सबैभन्दा बढी युएइमा

 

साउन महिनामा वैदेशिक रोजगारीमा जानका लागि ५९ हजार ५७५ जनाले श्रम स्वीकृति लिएका छन् । चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो महिनामा श्रम स्वीकृति लिनेहरू मध्ये ५१ हजार ४३० पुरुष रहेका छन् भने ८ हजार १४५ महिला रहेकाे वैदेशिक रोजगार विभागले जनाएको छ ।

विभिन्न ९३ देशमा जान उनीहरूले विभागबाट श्रम स्वीकृति लिएका हुन् । २०८० साउन महिनाको तुलनामा चालु आवको सोही अवधिमा वैदेशिक रोजगारीमा जान विभागबाट श्रम स्वीकृति लिनेको संख्या बढेको छ । अघिल्लो वर्षको साउन महिनामा वैदेशिक रोजगारीमा जान ५५ हजार ५७५ जनाले श्रम स्वीकृति लिएका थिए । 

विभागका अनुसार, साउन महिना भर १७ हजार ५४१ जनाले युनाइटेड अरब इमिरेट्स ९यूएई०, ११ हजार ८०९ ले साउदी अरेबिया, ११ हजार ७८५ ले कतार, चार हजार ६९५ ले कुवेत, दुई हजार २९८ ले रोमानिया, एक हजार ५७२ ले जापान, एक हजार ३४४ ले मलेसिया, एक हजार १३८ ले क्रोएसिया, ८७८ ले माल्दिभ्स जानका लागि श्रम स्वीकृति लिएका छन् ।