आइतबार, आश्विन १८ गते २०८३

पोखराबाट काठमाण्डौ गइरहेको चालीस यात्रु सवार बस मर्स्याङ्दी किनारमा खस्यो


भाद्र ७, २०८१ शुक्रबार
पोखराबाट काठमाण्डौ गइरहेको चालीस यात्रु सवार बस मर्स्याङ्दी किनारमा खस्यो

 

तनहुँको आबुखैरेनीमा  यात्रुबाहक बस दुर्घटना भएको छ। पोखराबाट काठमाण्डौतर्फ जाँदै गरेको बस पृथ्वी राजमार्गको आबुखैरेनी नजिकै ऐना पहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको तनहुँ प्रहरीले जनाएको छ । भारतीय नम्बरप्लेट रहेको बसमा सवार यात्रुहरू पर्यटक रहेको जनाइएको छ ।

उद्धार कार्यका लागि प्रहरी र सशस्त्रको टोली घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ । के कारणले दुर्घटना भएको र के कति क्षति भएको भन्ने बारे जानकारी प्राप्त भएको छैन ।