नेपाल राष्ट्र बैंकले कुनै पनि नेपालीले विदेशमा बैंक खाता खोल्ने, घर जग्गा तथा अन्य कुनै पनि किसिमको लगानी गर्न नपाइने जनाएको छ । राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ तथा विदेशी लगानी गर्न प्रतिबन्ध ऐन, २०२१ को व्यवस्था अनुसार कुनै पनि क्षेत्रमा लगानी गर्न नमिल्ने उल्लेख गरेको छ ।
तर नेपाली नागरिकले विदेशमा रहँदाबस्दाको अवधिसम्म त्यही आर्जन गरेको रकम विदेशस्थित बैंकमा खाता खोली रकम जम्मा गर्न सक्ने व्यवस्था भने रहेको सूचनामा जनाइएको छ । यसरी लगानी गरेको विदेशी विनिमय नेपालमा फर्किसकेपछि ३५ दिनभित्र स्वेदश फर्काउने व्यवस्था गर्नुपर्ने हुन्छ ।
नेपाल फर्केपछि पनि यस्तो खाता वा लगानी कायम राख्न चाहेमा सो खाता वा लगानीमा रहेको बैंकको नाम, ठेगाना, खाता नम्बर, विदेशी मुद्रा तथा रकम खुलाई सोको जानकारी राष्ट्र बैकलाई ३५ दिन भित्र दिइसक्नुपर्ने कानुनी व्यवस्था रहेको सूचनामा भनिएको छ ।

नेपालपत्र संवाददाता