शनिबार, आश्विन १७ गते २०८३

भित्रियो साढे १४ खर्ब रेमिट्यान्स, १६.५ प्रतिशतले वृद्धि


भाद्र २, २०८१ आइतबार
भित्रियो साढे १४ खर्ब रेमिट्यान्स, १६.५ प्रतिशतले वृद्धि

गत आर्थिक वर्ष २०८०/८१ मा १४ खर्ब ४५ अर्ब ३२ करोड  विप्रेषण आप्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको आर्थिक तथा वित्तीय स्थिति अनुसार सो अवधिमा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले वृद्धि भएको हो ।

अघिल्लो वर्ष विप्रेषण आप्रवाह २३.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.५ प्रतिशतले वृद्धि भई रु.१० अर्ब ८६ करोड पुगेको छ । 

अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो । सो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ४ लाख ६० हजार १०३ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८१ हजार १९९ रहेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा श्रम स्वीकृत लिनेको संख्या ४ लाख ९७ हजार ७०४ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ७७ हजार २७२ रहेको थियो ।