आइतबार, आश्विन १८ गते २०८३

लक्ष्मी सनराइज बैंकको अगुवाईमा अपर बलेफी हाइड्रोपावर बन्ने

भाद्र २, २०८१ आइतबार
लक्ष्मी सनराइज बैंकको अगुवाईमा अपर बलेफी हाइड्रोपावर बन्ने

लक्ष्मी सनराइज बैंकको अगुवाईमा अपर बलेफी हाइड्रोपावरमा लगानी जुटेको छ । ४६ मेगावाट क्षमताको अपर बलेफी जलविद्युत आयोजना निमार्णमा लक्ष्मी सनराइज, कृषि विकास, माछापुच्छ्रे, नेपाल एसबिआई बैंकले लगानी गर्ने भएका हुन् ।

उक्त आयोजनामा लगानी गर्न सम्झौता सम्पन्न भएको छ । फेसिलिटी सम्झौतामा लक्ष्मी सनराइज बैंकका प्रमुख व्यापार अधिकृत मनीष राज कुँवर, कृषि विकास बैंकका क्रेडिट व्यवसाय र कोष विभाग प्रमुख सुदिप कुमार दाहाल, नेपाल एसबीआई बैंकका प्रबन्धक प्रभिन भट्टराई, माछापुच्छ्रे बैंकका प्रमुख पूर्वाधार तथा कर्पोरेट ऋण प्रवर्धक बिनीत चन्द्र झा र अपर बलेफी हाइड्रोपावर लिमिटेडका निर्देशक सञ्जय कुमार साहले हस्ताक्षर गरेका छन् । सो आयोजनाको कूल लागत ९.४३ अर्ब रहेको छ । सो परियोजना निमार्णको लागि लक्ष्मी सनराइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरुले परियोजना लागतको ७५ प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएको छ ।

बाँकी २५ प्रतिशत रकम सो कम्पनीका प्रर्वदक÷संस्थापकहरुको लगानी रहने छ । लक्ष्मी सन्राइज बैंकको प्रोजेक्ट फाइनान्स ९टर्म लोन० प्रतिवद्धता ४।०७ अर्ब रुपैयाँ रहेको छ । यस्तै, सहवित्तीयकरणमा सहभागी अन्य बैंकहरु मध्ये सह–अगुवा कृषि विकास बैंकको १.५ अर्ब, नेपाल एसविआई बैंकको १ अर्ब तथा माछापुच्छ्रे बैंकको ५० करोड लगानी रहेको छ । 

सो आयोजना निमार्ण सम्पन्न भई विद्युत उत्पादन भए पश्चात वार्षिक करिव २७४।८९ गिगावाट आवर इनर्जी विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुनुको साथै ठुलो मध्येको स्वतन्त्र उर्जा उत्पादकको रुपमा रहने विश्वास लिएको छ । यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्वपूर्ण भूमिका खेल्नेछ । अपर बलेफी हाइड्रोपावरले २०७८ साल साउन ३२ गते विद्युत विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत उत्पादनको अनुमति पत्र ९लाइसेन्स० लिएको थियो । गत वर्ष मंसिर ५ गते नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता समेत गरिसकेकोे छ । सो कम्पनीको प्रवद्र्धकको रुपमा गोल्यान ग्रुप, एचआर गोयल ग्रुप, सिद्धार्थ ग्रुप र उमेश कसजु रहेका छन् । 

उक्त परियोजनाको प्रमुख योजनाकार गोल्यान समूह हो । जुन नवीकरणीय ऊर्जा मार्फत दिगो भविष्य निर्माण गर्न प्रतिबद्ध रहन्छ । हाल गोल्यान समूहले १४ वटा परियोजनाहरूको योजना बनाएको छ । जसमा सन् २०३० सम्म ९०० मेगावाट नवीकरणीय ऊर्जा उत्पादन गर्ने लक्ष्य राखेको छ। यस उदाहरणीय प्रयासमा ८ वटा जलविद्युत परियोजनाहरू रहेका छन् भने अपर बलेफी हाइड्रोपावर लिमिटेड पनि उक्त परियोजनामा समाबेश छ । काठमाडौं । लक्ष्मी सनराइज बैंकको अगुवाईमा अपर बलेफी हाइड्रोपावरमा लगानी जुटेको छ । ४६ मेगावाट क्षमताको अपर बलेफी जलविद्युत आयोजना निमार्णमा लक्ष्मी सनराइज, कृषि विकास, माछापुच्छ्रे, नेपाल एसबिआई बैंकले लगानी गर्ने भएका हुन् । 

उक्त आयोजनामा लगानी गर्न सम्झौता सम्पन्न भएको छ । फेसिलिटी सम्झौतामा लक्ष्मी सनराइज बैंकका प्रमुख व्यापार अधिकृत मनीष राज कुँवर, कृषि विकास बैंकका क्रेडिट व्यवसाय र कोष विभाग प्रमुख सुदिप कुमार दाहाल, नेपाल एसबीआई बैंकका प्रबन्धक प्रभिन भट्टराई, माछापुच्छ्रे बैंकका प्रमुख पूर्वाधार तथा कर्पोरेट ऋण प्रवर्धक बिनीत चन्द्र झा र अपर बलेफी हाइड्रोपावर लिमिटेडका निर्देशक सञ्जय कुमार साहले हस्ताक्षर गरेका छन् ।

सो आयोजनाको कूल लागत ९.४३ अर्ब रहेको छ । सो परियोजना निमार्णको लागि लक्ष्मी सनराइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरुले परियोजना लागतको ७५ प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएको छ । बाँकी २५ प्रतिशत रकम सो कम्पनीका प्रर्वदक÷संस्थापकहरुको लगानी रहने छ । लक्ष्मी सन्राइज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिवद्धता ४ .०७ अर्ब रुपैयाँ रहेको छ । यस्तै, सहवित्तीयकरणमा सहभागी अन्य बैंकहरु मध्ये सह–अगुवा कृषि विकास बैंकको १.५ अर्ब, नेपाल एसविआई बैंकको १ अर्ब तथा माछापुच्छ्रे बैंकको ५० करोड लगानी रहेको छ । सो आयोजना निमार्ण सम्पन्न भई विद्युत उत्पादन भए पश्चात वार्षिक करिव २७४.८९ गिगावाट आवर इनर्जी विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुनुको साथै ठुलो मध्येको स्वतन्त्र उर्जा उत्पादकको रुपमा रहने विश्वास लिएको छ । यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्वपूर्ण भूमिका खेल्नेछ ।

अपर बलेफी हाइड्रोपावरले २०७८ साल साउन ३२ गते विद्युत विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत उत्पादनको अनुमति पत्र (लाइसेन्स) लिएको थियो । गत वर्ष मंसिर ५ गते नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता समेत गरिसकेकोे छ । सो कम्पनीको प्रवद्र्धकको रुपमा गोल्यान ग्रुप, एचआर गोयल ग्रुप, सिद्धार्थ ग्रुप र उमेश कसजु रहेका छन् ।उक्त परियोजनाको प्रमुख योजनाकार गोल्यान समूह हो । जुन नवीकरणीय ऊर्जा मार्फत दिगो भविष्य निर्माण गर्न प्रतिबद्ध रहन्छ । हाल गोल्यान समूहले १४ वटा परियोजनाहरूको योजना बनाएको छ । जसमा सन् २०३० सम्म ९०० मेगावाट नवीकरणीय ऊर्जा उत्पादन गर्ने लक्ष्य राखेको छ। यस उदाहरणीय प्रयासमा ८ वटा जलविद्युत परियोजनाहरू रहेका छन् भने अपर बलेफी हाइड्रोपावर लिमिटेड पनि उक्त परियोजनामा समाबेश छ ।

  • सम्बन्धित विषय:

  • # नेपालपत्र संवाददाता