सुनको मुल्य प्रतितोला ३ हजारले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला एक हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपालपत्र संवाददाता