सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे भ्यालीमा भीषण बाढी आएको छ। सो भ्याली भन्दा उत्तर तर्फ रहेको तासी लाप्चा हिमताल फुटेको आशंका गरिएको छ । त्यस क्षेत्रमा वर्षा नभएको अवस्थामा हिमपहिरोले नदी केही समय थुनिएर आएको हुन सक्ने स्थानीयले जनाएका छन् ।
जल तथा मौसम विज्ञान विभागले जोरसल्लेदेखि तल दूधकोसीको तटीय क्षेत्रमा हुनेहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
थुलुङ दुधकोसी गाउँपालिकाले एक सूचनामार्फत थामे क्षेत्रमा आएको बाढीको कारणले केही घर बगाइसकेको सूचना प्राप्त भएको जनाएको छ । गाउँपालिकाले दूधकोसी नदी किनारका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सचेत रहन भनेको छ ।
नेपालपत्र संवाददाता