नेपाल लाइफ इन्स्योरेन्स गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा ३०.८ प्रतिशतले बढेको छ ।
कम्पनीले गत आर्थिक वर्षमा ५१ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ३९ करोड २९ लाख रुपैयाँ थियो । कम्पनीको खुद प्रिमियम आम्दानी भने ९.८ प्रतिशत बढेको छ । यस्तो आम्दानी अघिल्लो आर्थिक वर्षमा ३६ अर्ब ५१ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्षमा ४० अर्ब ११ करोड रुपैयाँ छ ।
खुद प्रिमियम आम्दानीसहित कुल आम्दानी १२.३ प्रतिशत बढेको छ ।कम्पनीको कुल आम्दानी अघिल्लो आर्थिक वर्षमा ५२ अर्ब ६७ करोड रहेकोमा गत आर्थिक वर्षमा ५९ अर्ब १७ करोड रुपैयाँ छ । ८ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको सञ्चित नाफा ५ अर्ब २८ करोड रुपैयाँ छ ।
नेपालपत्र संवाददाता