शनिबार, आश्विन १७ गते २०८३

कुमारी बैंक र भरतपुरको पुष्पाञ्जली अस्पताल सहकार्य, ग्राहकले विशेष छुट पाउने


श्रावण २४, २०८१ बिहीबार
कुमारी बैंक र भरतपुरको पुष्पाञ्जली अस्पताल सहकार्य, ग्राहकले विशेष छुट पाउने

कुमारी बैंक लिमिटेड र भरतपुरको पुष्पाञ्जली अस्पताल प्रालिबीच सम्झौता भएको छ । बैंकका ग्राहक तथा कर्मचारीले सम्झौतापछि सो अस्पतालमा विशेष छुट पाउने भएका छन्।

सो सम्झौता बमोजिम ग्राहक तथा बैंकका कर्मचारीहरुको लागि अस्पतालले प्रदान गर्ने सेवा सुविधामा २० प्रतिशतसम्म छुट दिनेछन् ।

सम्झौतामा कुमारी बैंकका तर्फबाट बागमती प्रदेश प्रमुख राज कुमार श्रेष्ठ र सौराहा शाखाका शाखा प्रबन्धक नरेन्द्र महतोले हस्ताक्षर गरेका थिए भने पुष्पाञ्जली अस्पताल प्रा।लि। को तर्फबाट प्रबन्ध निर्देशक सुजन राज अधिकारी र सामाजिक सेवा एकाई इन्चार्ज केदार प्रसाद सुवेदीले हस्ताक्षर गरेका थिए।